९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु

कलाकार दीपकराज गिरीले उठाए गम्भीर प्रश्न– किन बन्दै छ नेपाली समाज असहिष्णु ?

कलाकार दीपकराज गिरीले उठाए गम्भीर प्रश्न– किन बन्दै छ नेपाली समाज असहिष्णु ?
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । चर्चित अभिनेता दीपकराज गिरीले नेपाली समाज विस्तारै असहिष्णु बन्दै त गएको होइन भन्दै प्रश्न गरेका छन् ।

गिरीले आज सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै कुनै न कुनै बहानामा चलचित्र बहिस्कार गर्नेदेखि विचारा राख्न निषेध गर्नेसम्मको अवस्था सिर्जना हुँदै गएको बताएका हुन् ।

उनले नेपाली समाज एक–अर्कोको अस्तित्व स्वीकार गर्न नसक्ने अवस्था कसरी सिर्जना भइरहेको भन्ने गम्भीर प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्–

आज म लेख्दैछू …….

दशैमा हाम्रो फिल्म चल्दा सामाजिक संजालमा यस्को फिलिम नहेरौ भन्दै बहिष्कारको नारा गुन्जिएको सम्झन्छू ! बहिष्कारको बहाना फरक फरक भएपनि त्यो नारा बिस्तारै प्रकाश सपूत हूदै सूरक्षा पन्त सम्म आइपुग्यो !

कसैले कसैको तारिफ गरे बहिष्कार ,

कसैले तारिफ गरेन…बहिष्कार ! बहिष्कारै बहिष्कार!!

हामी कलाकार त बहाना मात्रै हौ ! बास्तवमा अहिले

राजाबादीले गणतंत्रबादी बहिष्कार ! गणतंत्रबादीले राजाबादी बहिष्कार , यो बिचार राख्ने ले त्यो बिचार राख्नेलाइ बहिष्कार! यो समूहले त्यो समूह बहिष्कार एकले अर्काको अस्तित्व नै बहिष्कार !

बहिष्कार त हाम्रो परम्परा नै बन्दै गइरहेको छ !! बिस्तारै बिस्तारै असहिष्णुता तिर बढ्दै छ कि हाम्रो समाज?