६ श्रावण २०८३, बुधबार
,
Latest
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाचार सङ्कलनका क्रममा पत्रकार घाईते भएकोमा महासङ्घको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । पत्रकार सविना कार्की समाचार सङ्कलनका क्रममा घाइते भएकोबारेमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ ।

एक विज्ञप्ति जारी गर्दै महासचिव रामप्रसाद दाहालले उक्त घटनाले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको बताए ।

आज काठमाडौँको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबिच भएको झडपको समयमा समाचार सङ्कलन गरिरहेको बेला प्रहरीले हानेको पानीको फोहोराले आखाँमा लाग्दा कार्की घाइते भएको थिइन ।

नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक रहेको महासङ्घले जनाएको छ । साथै उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन समेत माग गरेको छ ।

घाइते पत्रकार कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।