५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाचार सङ्कलनका क्रममा पत्रकार घाईते भएकोमा महासङ्घको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । पत्रकार सविना कार्की समाचार सङ्कलनका क्रममा घाइते भएकोबारेमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ ।

एक विज्ञप्ति जारी गर्दै महासचिव रामप्रसाद दाहालले उक्त घटनाले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको बताए ।

आज काठमाडौँको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबिच भएको झडपको समयमा समाचार सङ्कलन गरिरहेको बेला प्रहरीले हानेको पानीको फोहोराले आखाँमा लाग्दा कार्की घाइते भएको थिइन ।

नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक रहेको महासङ्घले जनाएको छ । साथै उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन समेत माग गरेको छ ।

घाइते पत्रकार कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।