काठमाडौं । ललितपुरको बाँडेगाउँमा रहेको एक सुधार गृहमा राखिएका व्यक्तिको मृत्यु भएपछि अनुसन्धान थालिएको छ ।
सिन्धुपाल्चोक स्थायी घर भएका दावा घिसिङको मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
शनिबार राति अस्पताल लैजाने क्रममा घिसिङको मृत्यु भएको र अहिले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम भइरहेको प्रहरीले जनाएको छ ।
घिसिङ परिवारले उनको मृत्युप्रति शंका गर्दै प्रहरीलाई खबर गरेपछि ललितपुर प्रहरीको टोली अनुसन्धानमा खटिएको थियो ।
त्यसक्रममा राति मोटरसाइकलमा अस्पताल लैजाने दुई जना र सुधार गृहका एक सञ्चालक गरी ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । प्रहरीले उनीहरुसँग सोधपुछ गरिरहेको छ ।










