७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

बर्खामास घर भत्काएर बिचल्लीमा परेका चेपाङ समुदाय के भन्छन् ?

बर्खामास घर भत्काएर बिचल्लीमा परेका चेपाङ समुदाय के भन्छन् ?
अ+ अ-

चितवनः चितवनको कुसुम खोलामा बस्दै आएका चेपाङ समुदायको घरमा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी सहितले आगो लगाएपछि उनीहरुको विचल्ली भएको छ ।

बर्खाको समयमा सरकारी निकायका कर्मचारीहरुबाट नै पीडित भएपछि चेपाङ समुदायका व्यक्तिहरु अहिले स्थानीय विद्यालयमा वत लागेर बस्न बाध्य छन् । कोभिडका कारण विद्यालयहरु बन्द रहेकाले उनीहरु विद्यालयमा बस्न पाएका छन् तर विद्यालयमा अध्ययन सुरु हुन थालेपछि भने उनीहरु झन समस्यामा पर्ने देखिन्छ । गत शनिबार चेपाङ समुदाय बस्दै आएका दुईवटा घरमा निकुञ्जका कर्मचारीले आगो लगाएका हुन ।

अन्य घरहरु र खेतीबालीमा हात्ति लगाएर नष्ट गरिएको छ । स्थानीय गंगामाया चेपाङले हात्तिसहित आएको निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले घरमा आगो लगाएको बताउनुभयो । बर्खाको समय त्यसैमाथि बालि भित्र्याउने चटारो भइरहेका बेला घरमा आगो लगाएपछि ४ जनाको परिवार सहित उहाँ अहिले स्थानीय विद्यालयमा वत लागेर रात विताउन बाध्य हुनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘‘तपाईहरु जानुपर्छ भनेर भन्नुभयो । नगरपालिकाले घर बनाएको दिएको छ त्यहाँ जानुस भन्नुभयो तर नगरपालिकाले घर दिएको छैन् । जमिन भए पो बालबच्चलाई पाल्ने हो नी । हामीले त्यही भन्दा जवरजस्ती गर्नुभयो । तपाईहरु बस्नु पाउँदैन भनेर आगो लगाउनुभयो । ओड्ने ओच्छ्याउने केही छैन् भनेर भन्दा विद्यालयमा गएर सुत्नुहोस् भन्नुभयो ।’’

निकुञ्जका कर्मचारी एक्कासी आएर घर भत्काएका र आगजनी गरेको बताउनुहुने अर्का स्थानीय दानबहादुर प्रजाले आफ्नो घरमा आगजनी गरिदिँदा नागरिकताको प्रमाणपत्र र १० हजार नगद समेत जलेर नष्ट भएको बताउनुभयो ।

अर्का स्थानीय कविता चेपाङले तिमीहरु यता बस्न पाउँदैनौ भनेर डर देखाउँदै नागरिकता पैसा सबै बाहिर फालेर आगो लगाएको बताउनुभयो । बर्खाको समयमा बच्चालाई लिएर कहाँ जाने ? के दिएर पाल्ने भन्दा निकुञ्जका कर्मचारीहरले डर देखाएको उहाँले बताउनुभयो ।

स्थानीय लालीमाया चेपाङले सरकारले नागरिकता नदिएर सुकुम्बासी बनाएको दुखेसो पोख्दै बर्खाको समयमा बच्चाहरुलाई लिएर कहाँ जाने ? हामी कहिलेसम्म सुकुम्बासी बस्ने ? भन्दै प्रश्न समेत गर्नुभयो ।

स्थानीयहरु विचल्ली हुनेगरी घरमा आगजनी गर्ने र खेतिबालि नष्ट गर्ने कार्यको माडी नगरपालिकाको पहलमा छानबिन सुरु भएको छ । निकुञ्जले कुनै पनि समन्वय नगरी स्थानीयका घर भत्काउने गरी गरेको घटनाको निन्दा गर्दै नगरपालिका मेयर ठाकुर प्रसाद ढकालले दोषिलाई कारवाही हुनुपर्ने बताउनुभयो ।

बर्खाको समयमा घरमा आगो लगाउने, खेति नष्ट गर्न आदेश दिने जो कोहीलाई पनि कारबाही हुनपर्ने उहाँले बताउनुभयो । मेयर ढकालले राष्ट्रिय निकुञ्ज ऐन संशोधनको आवश्यकता रहेको उल्लेख गर्दै उक्ता टोलीको नेतृत्वकर्ता सहायक संरक्षण अधिकृत भोजराज पन्तलाई कारवाही हुनुपर्ने बताउनुभयो । उनलाई निर्देशन दिने प्रमुख संरक्षण अधिकृत वा मन्त्रालयको सविच मन्त्री जो सुकै भएपनि आवश्यक कारवाही हुनुपर्ने उहाँले बताउनुभयो ।

यता निकुञ्जले भने जग्गा अतिक्रमण गरेर बसेकाहरुलाई ठाउँ खाली गर्न भनिएको अटेर गरेका कारण फुसको झुप्रोहरु हटाइएको बताएको छ । स्थानीयले आरोप लगाएजस्तो आगजनी नै नगरिएको निकुञ्जको दाबी छ । तर दुईवटा घरमा आगो लगाएको भने प्रष्ट देखिन्छ । निकुञ्जले फुसको झुप्रो भनेतापनि त्यहाँँ बस्ने चेपाङ्ग समुदायको लागि त्यो महल बराबर रहेको छ । अहिले पीडितहरुको व्यवस्थानको काम नगरपालिकाले गरिरहेको छ ।

तत्काल पीडित चेपाङ समुदायलाई नगरापालिकाको वडा नम्बर ९ राईं गाउँमा व्यवस्थापन गरिने मेयर ढकालले बताउनुभयो । घटनाको बिषयमा छानबिन गर्न वन मन्त्रालयका सह सचिव यज्ञनाथ दहाल नेतृत्वको टोली शुक्रबार चितवनको कुसुम खोला पुगेर स्थलगत निरिक्षण गरेको छ ।

टोलीले त्यहाँका स्थानीयहरुसाग घटनाको बिषय सोधपुछ समेत गरेको छ ।