१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार

फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छः सभामुख घिमिरे

फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छः सभामुख घिमिरे
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ ।

शनिवार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फोटो पत्रकारहरुको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरु गरेको भएपनि फोटो पत्रकारिताको विकासमा रहेका व्यवधानहरु हटाएर अघि बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले फोटो पत्रकारिता जिउँदो इतिहास भएको उल्लेख गर्दै समाजको चित्रणलाई यथार्थमा उतार्नसक्ने र यथार्थबाट भविष्यलाई देखाउनसक्ने कुरा नै फोटो पत्रकारिता भएको बताउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘एक सेकेण्डमा गलत कुराको भ्रम सिर्जना गर्न सकिने कुरा छ । तर फोटो पत्रकारिताले त्यस्ता खालका कुराहरुको काउण्टरमा सधैँभर ठिङ्ग उभिएर आफ्नो परिचय दिनसक्ने र त्यो बेला के भएको थियो भन्नेकुराको जिउँदो इतिहासलाई लामो समय मात्र होइन, शताब्दीसम्म राख्नसक्ने र जिम्मेवारपूर्ण क्षेत्रबाट एउटै फोटोबाट अनेक कुरा व्यक्त गर्न सकिने र समाजको चित्रणलाई यथार्थमा उतार्नसक्ने र यथार्थबाट भविष्यलाई देखाउनसक्ने, विगतबाट भविष्यमा जाने बाटोहरु के थिए भन्नेकुरा देखाउनसक्ने धेरै महत्वपूर्ण कामहरु गर्नसक्छ । पत्रकारहरु क्यामेराको पछि पछि दौडिएर फोटो खिच्ने कुराले देशको चित्रणलाई राख्ने, घटनालाई जीवित र सधैँ स्मृतिमा राख्ने गर्दछ । फोटो पत्रकारहरुको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरु गरेको छ । त्यस हिसावमा विकास गर्ने कुरामा जुन व्यवधानहरु रहेका छन्, ति अभाव पूर्ति गर्दै यस क्षेत्रमा प्रेरित गर्दै अघि लैजानुपर्छ ।’

सभामुख घिमिरेले पत्रकारिताको महत्व बुझेर नेपालमा लोकतान्त्रिक गणतन्त्रको घोषणा पश्चाद् मात्रै उपयोग गरिएको बताउनु भयो ।  मिडियाको महत्व नबुझ्ने समाजबाट अहिले फोटो पत्रकारिताको महत्व बुझ्ने ठाउँमा आइपुगेको बताउनु भयो ।