२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्रीसँग आन्दोलित शिक्षकहरुको वार्ता जारी



अ+ अ-

काठमाडौं । शिक्षा मन्त्री रघुजी पन्तसँग आन्दोलनरत शिक्षकको वार्ता जारी छ । मन्त्री पन्तले हिजो आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकलाई वार्तामा बोलाउनुभएको छ ।

सिंहदरबारमा आज जारी वार्तामा शिक्षकका माग सम्बोधनका विषयमा छलफल भइरहेको छ । मन्त्रीसँगको वार्तामा शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीसँग वार्तामा रहेका छन् ।

शिक्षा मन्त्रालयमा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा शिक्षामन्त्रीसँग छलफलमा व्यस्त छन् ।

शिक्षकहरुको आन्दोलन र उनीहरुका माग सम्बोधनका लागि छलफल जारी रहेको शिक्षामन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

शुक्रबार शिक्षामन्त्रीले बोलाएको बैठकमा प्राविधिक कारण देखाउँदै महासंघ बैठकमा सहभागी भएन । शिक्षा मन्त्रालयले अर्को विज्ञप्ति जारी गर्दै शनिबार बिहानका लागि वार्तामा उपस्थित हुन शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीलाई आह्वान गरेको थियो । सरकारले यसअघि पनि वार्ताका लागि पटक–पटक शिक्षकलाई आह्वान गरेको थियो ।

उता महासंघले चैत २० गतेदेखि जारी शिक्षकहरुको आन्दोलनलाई आज पनि निरन्तरता दिने बताएको छ ।