९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने

‘दलले केही गरेनन् भन्ने गलत भाष्य हो’

‘दलले केही गरेनन् भन्ने गलत भाष्य हो’
अ अ+ अ-

रामपुर, (पाल्पा) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयता कार्यान्वयन भएपछि विकास निर्माणलाई तीव्रतादिइएको बताउनुभएको छ । रामपुर सानाशहरी खानेपानीतथा सरसफाई उपभोक्ता संस्थाको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शुक्रबार उट्घाटन गर्नुहुँदै उहाँले २०७४ पछि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले विकास निर्माणलाई तीव्रतादिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “उत्तर दक्षिण जोड्ने सडक कालीगण्डकी करिडोरले रामपुरको मात्र होइन सिङ्गो लुम्बिनी प्रदेशको भविष्य निर्माण गरेको छ ।” रामपुर अस्पताल, रामपुर कपुरकोट सडक, रामपुरफाँट सिँचाइ आयोजनाका कामलाई क्रमश: अघि बढाउने उहाँले बताउनुभयो ।

फरक विचार र आस्था भएपनि विकासको निम्ति एउटै पार्टी बन्न उहाँले आग्रह गर्नुभयो । दलले केही गरेनन् भन्नेलाई विगत र वर्तमानको विश्लेषण गर्नुपर्ने उहाँले बताउनुभयो । वर्तमान व्यवस्था र राजनैतिक दलले केही गरेन भन्ने भाष्यनिर्माण भइरहेको प्रतिलक्षित गर्दै उहाँले विगत र वर्तमान अवस्थाको विश्लेषण गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य एवं नेकपा ९एमाले०का संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले राजनैतिक स्थायित्वका लागि गठन भएको नेपाली कांग्रेस र एमालेको सरकार हल्लाको भरमा नढल्ने बताउनुभयो । लुम्बिनी प्रदेश अर्थ, उद्योग तथापर्यटन समितिका सभापति एवं रामपुर साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बढ्दो शहरको रूपमा रहेको रामपुरको खाने पानी आपूर्तिको लागि सङ्घीय सरकार खाने पानी मन्त्रालय, खाने पानी तथा ढल निकास विभागबाट सहलगानीमा सात हजार धारा सङ्ख्या पुर्‍याउने गरी रु ६२ करोड ७६ लाख ८९ हजार १८४ को कुल लगातमा आयोजना २०८२/८३ भित्र कार्यान्वयनमा लैजाने निर्णय गरिएको जानकारी दिनुभयो ।

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले रामपुर साना शहरी खाने पानी अहिले भूमिगत पानीमा निर्भर रहेको बताउनुभएको छ । काली गण्डकी डाइभर्सनले कालीगण्डकी सभ्यता, वातावरणसँगै यहाँका खाने पानीका स्रोतमा प्रत्यक्ष असर पुग्ने भएकाले डाइभर्सन जुनसुकै हालतमा रोक्नु आवश्यक रहेको बताउनुभयो । रासस