६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिश्रको रिहाइको पहल गरिदिन राप्रपाका प्रवक्ता श्रेष्ठको अपील



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको रिहाइको पहल गरिदिन अपील गरेका छन् ।

प्रवक्ता श्रेष्ठले आज काठमाडौं प्रहरी परिसरमा पुगेर वरिष्ठ उपाध्यक्ष मिश्रलाई आफूहरुले भेटेको र मिश्रले राज्यविरुद्ध कुनै कसुर नगरेको दाबी गरेका छन् । प्रहरीले भने मिश्रविरुद्ध राज्यविरुद्धको अपराध गरेको आरोपमा अनुसन्धान गरिरहेको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गराएको हिंसात्मक प्रदर्शनमा मिश्रको संलग्नता रहेको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रवक्ता श्रेष्ठले मिश्रसँग आज भेटेपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै उहाँको शीघ्र रिहाइका लागि आवाज उठाइदिन विभिन्न राजनीतिक दल, मानवअधिकारवादी संघसंस्था, नागरिक समाज, आमसञ्चारमाध्यमलगायतलाई अपील गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परी प्रहरी हिरासतमा रहनुभएका राप्रपा वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्रलाई आज पनि काठमाण्डौं प्रहरी परिसर पुगेर भेट्यौं ।

आज पनि उहाँले राज्य विरुद्धको कसुर हुने कुनै काम नगरेको दोहोर्‍याउनु भयो र आफूले न्याय पाउनेमा विश्वस्त देखिनुभयो। उहाँको आत्मविश्वास र आत्मबल उच्च छ ।

उहाँको शीघ्र रिहाइको लागि आवाज उठाइदिन विभिन्न राजनीतिक दल, मानवअधिकारवादी संघसंस्था, आमसञ्चार माध्यम, नागरिक समाज, प्रबुद्ध वर्ग लगायत सबैमा अपील गर्दछु।