९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

उदाहरणीय बन्दै सुरौदी तिखेढुङ्गामा खरबुजाखेती

उदाहरणीय बन्दै सुरौदी तिखेढुङ्गामा खरबुजाखेती
अ अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गाको करिब ३५ रोपनी जग्गामा यतिखेर लटरम्म खरबुजा फलेका देखिन्छन् । विगतमा तराई र भारतबाट बजारमा ल्याइएका खरबुजा देखेका स्थानीय आफ्नै घरखेत वरपर खरबुजा फलेको देख्दा दङ्ग छन् ।

महानगरपालिका–२१ कृष्तीका ज्ञानबहादुर कार्की र पोखरा–३३ भरतपोखरीका रमेश आचार्यले यहाँ खरबुजा फलाउनुभएको हो । उहाँहरूले सरस्वती, रेड भेलरेट, फनेक्स, मान्ठाना र राजा जातका खरबुजा फलाउनुभएको छ । यहाँ उत्पादित खरबुजा अब केही दिनमा बजारमा ल्याउने तयारी छ ।

विगत लामो समयदेखि खरबुजाखेतीमा अनुभव सँगालेका कार्की र व्यावसायिक कृषिमा लगाव भएका आचार्यको यो मेहनत पछिल्लो समय अरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ । पोखरा क्षेत्रमा खरबुजाखेतीको निकै सम्भावना रहेको र दुईजना कृषकले त्यसलाई व्यावहारिक रूपमा प्रमाणित गरेको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाको भनाइ छ ।

विगतमा १०र१२ रोपनी क्षेत्रफलमा मात्रै गरिएको खरबुजाखेती यस वर्ष करिब २०० रोपनी क्षेत्रमा विस्तार गरिएको बताउँदै बीउ तथा मलचिङमा महानगरले सहयोग गरेको जानकारी दिँदै उहाँले बीउ तथा मलचिङमा महानगरले सहयोग गरेको बताउनुभयो ।

महानगरपालिका–१३, २३, ३०, ३२, ३३ मा यस खेतीतर्फ आकर्षण बढिरहेको महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो । “स्थानीय रूपमा उत्पादित खरबुजाको स्वाद पनि निकै मीठो छ । थोरै क्षेत्रफलमा पनि राम्रो उत्पादन लिन सकिने यो खेती आर्थिक समुन्नतिका लागि महत्वपूर्ण आधार बन्न सक्छ”, उहाँले भन्नुभयो ।

महानगरपालिकाले पोखरामा उत्पादित सरस्वती जातको खरबुजाको ‘ब्रान्डिङ’ गर्न लागेको र त्यसको बजारीकरणका लागि ‘स्टिकर’ तयार पारिसकेको महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो ।

नेपाली युवा रोजगारीको खोजीमा दिनानुदिन विदेसिरहेका बेला स्थानीय किसान आचार्य र कार्कीले भने आफ्नै देशमा केही गर्ने सोचका साथ काम गरिरहनुभएको छ । यस अवस्थामा उहाँहरूको प्रयास युवाहरूका लागि अनुकरणीय बनेको छ ।

विगतमा करिब १४ वर्ष युरोपमा बिताउनुभएका कार्की छ वर्षयता आफ्नै ठाउँमा व्यावसायिक कृषिमा जुट्नुभएको छ । स्पेनलगायत देशमा कृषि क्षेत्रमा हासिल गरेको अनुभवलाई उहाँले हाल स्वदेशी माटोमा प्रयोग गरिहनुभएको छ ।

कार्कीले कृषि क्षेत्रमा नै करिब ९०० मिटर उचाइमा रहेको स्थानमा खरबुजा फलाउनुभएको छ । यो नयाँ प्रयोग भएको उहाँले बताउनुभयो । व्यावसायिक कृषिमा नयाँ प्रयोग गर्दै उहाँले देखाएको सफलता सबैका लागि अनुकरणीय बनेको छ । कार्की अघिल्लो वर्ष राम्रो खरबुजा उत्पादक किसानका रूपमा पोखरा महानगरपालिकाबाट पुरस्कृतसमेत हुनुभएको थियो ।

यस्तै, स्नातकसम्मको अध्ययन गर्नुभएका भरतपोखरीका आचार्य आफ्नो १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिकको अनुभव सँगाल्दै हाल व्यावसायिक कृषिमा रमाइरहनुभएको छ । तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फर्म दर्ता गरी व्यावसायिक कृषिमा लागेका आचार्यले पोखरा महानगरपालिका–३३ स्थित सुरौदीखोला तिखेढुङ्गामा पशुपालनसँगै व्यावसायिक तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आउनुभएको छ ।

तरकारी खेतीसँगै पशुपालनमा उहाँले देखाउनुभएको क्रियाशीलता पनि अन्यका लागि राम्रो उदाहरण बनेको छ । “युवाहरू आफ्नै देशमा केही गर्नुपर्छ भन्नेभन्दा विदेसिने लहरमा छन् । धेरैले उत्पादनको बजार नै छैन भनेर कुरा गर्छन् तर मेहनत गरेमा उत्पादन उत्पादित कृषिजन्य वस्तुको बजार समस्या छैन । रोजगारीका लागि विदेसिनुपर्ने अवस्था छैन”, आचार्यले भन्नुभयो । रासस