९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काश्मीर घटनापछि भारत–पाकिस्तान सीमा क्षेत्रमा तनाव

काश्मीर घटनापछि भारत–पाकिस्तान सीमा क्षेत्रमा तनाव
अ अ+ अ-

एजेन्सी । भारत र पाकिस्तानका सैनिकबीच बिहीबार राति विवादित काश्मीरको सीमारेखा लाइन अफ कन्ट्रोल (एलओसी) मा गोली हानाहान भएको छ । पछिल्लो घटनाक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घले दुबै मुलुकलाई संयम अपनाउन आग्रह गरेको छ ।

भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ, विशेषगरी हालैको पहलगाम घटनापछि जसमा २६ जना निर्दोष नागरिकको ज्यान गएको थियो । उक्त घटना पछिल्लो २५ वर्षको सबैभन्दा दुखद नागरिक क्षतिभित्र पर्छ ।

पाकिस्तान–प्रशासित काश्मीरका सरकारी अधिकारी सय्यद अश्फाक गिलानीका अनुसार, “सीमामा दुबै पक्षबीच गोली चलिएको हो, तर यसले कुनै पनि नागरिक क्षेत्रमा असर परेको छैन ।”

भारतको सेनाले पनि सानो हतियार प्रयोग गरिएको सीमित गोलीबारी भएको पुष्टि गर्दै यो कारबाही पाकिस्तानबाट सुरु गरिएको दाबी गरेको छ । सेनाका अनुसार, यसप्रति भारतले आवश्यक जवाफ दिएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन डुजारिकले न्यूयोर्कमा पत्रकारहरूसँग कुराकानी गर्दै भन्नुभयो,“भारत र पाकिस्तानबीच रहेका मुद्दाहरू आपसी संवाद र शान्तिपूर्ण माध्यमबाट समाधान हुनसक्छन् र हुनुपर्छ ।” उहाँले थप्नुभयो, “हामी दुबै सरकारलाई अधिकतम संयमता अपनाउन र अवस्था अझ जटिल नबनोस् भन्न अनुरोध गर्दछौं ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाम घटनाका दोषीहरूलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “भारत आतङ्कवाद र यसको समर्थन गर्नेहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिन्ने छैन ।”

यस घटनामा संलग्न रहेको आरोप अस्वीकार गर्दै पाकिस्तानले भारतको दाबीलाई आधारहीन भन्दै अस्वीकार गरेको छ । साथै, कुनै पनि प्रकारको धम्की वा कारबाही भएमा पाकिस्तानले त्यसको उपयुक्त जवाफ दिने जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले शीर्ष सुरक्षा निकायको आपतकालीन बैठक आयोजना गरेपछि जारी गरिएको वक्तव्यमा भनिएको छ, “पाकिस्तानको सार्वभौमिकता तथा जनताको सुरक्षामा कुनै खलल पुग्ने खण्डमा आवश्यक सबै उपाय अवलम्बन गरिनेछ ।”