२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरको विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैनः मेयर महर्जन



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिको विकास कसैले रोकेर नरोकिने बताउनुभएको छ ।

२०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ललितपुर महानगरपालिकाको विकास निर्माण रेगुलर बिजनेस भएको जिकिर गर्नुभयो । उहाँले आपत् विपद् आउँदा अति राम्रोसँग नगरवासीको सेवा गर्न सक्नुपर्ने बताउनु भयो । नेपालमा रहेका २ सय ९३ वटा पालिकाहरुमध्ये विपद्को व्यवस्थापन र विपद्पछि त्यसलाई सम्बोधन गर्ने अवयवहरुमा ललितपुर महानगरपालिका अब्बल रहेको दाबी गर्नुभयो । यसको आधार महानगरपालिकाले एकै छानामुनि विपद्को व्यवस्थापन गरेको दाबी गर्नुभयो । कुनैपनि घटना हुनासाथ उद्धारका लागि चुस्तदुरुस्तका साथ अघि बढेको बताउनु भयो ।

प्रमुख महर्जनले भन्नुभयो, ‘ललितपुर महानगरपालिकाले विकास निर्माण गर्दाखेरी काम भनेको यो चाहीँ एउटा रेगुलर बिजनेस हो । यो चाहीँ भइ नै रहन्छ । कसैले रोकेर रोकिँदैन । तर जब आपत विपद् आइपर्छ त्यो बेलामा हामीले अति राम्रोसँग नगरवासीको सेवा गर्न सक्नुपर्छ । तर यो भन्दै गर्दा मैले त दाबी गर्ने गरेको छु । नेपालमा २ सय ९३ वटा पालिकाहरु छन् । २ सय ९३ वटा स्थानीय पालिकाहरुमध्ये विपद्को व्यवस्थापन, विपद्पछि त्यसलाई सम्बोधन गर्ने अवयवहरुमा ललितपुर महानगरपालिका हामी अब्बल छाँै भनेर मैले दाबी गरिरहेको छु ।’

प्रमुख महर्जनले ट्राफिक जाममा अल्झिनु नपरेको अवस्थामा महानगरपालिकाबाट दिनुपर्ने सेवा ४ मिनेटभित्रमा दिइसक्ने दाबी गर्नुभयो ।