२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ? एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध कायमै श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समावेशिता र समानताको ग्यारेण्टि लोकतन्त्रमा मात्र सम्भव हुन्छः सभापति पोखरेल



अ+ अ-

काठमाडौं । पृथ्वी नारायण क्याम्पस पोखराको स्ववियु सभापति विष्णु पोखरेलले समावेशिता र समानताको ग्यारेण्टि लोकतन्त्रमा मात्र सम्भव हुने बताउनुभएको छ ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै नेपालका सबैभन्दा बढी विद्यार्थी भएको सो क्याम्पसका स्ववियु सभापति पोखरेलले लोकतन्त्र त्याग, तपस्या र बलिदानको प्राप्ति भएको बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाकार नेकपा एमाले र अध्यक्ष केपी ओली हो, नेपालमा आशाको दियो नेकपा एमालेले बाल्दै छ’, उहाँले भन्नुभयो ।

पोखरेलले नेपाललाई मासु, तरकारी, फूल लगायतका क्षेत्रमा आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो । युवाले पनि नेपालको बाँझो जमिन जोत्न र खन्न आँट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालमा विदेशीले आएर काम गरिरहेका बताउँदै उहाँले नेपालबाट अरबौँ रुपैँया बाहिरिँदै गएको उहाँले बताउनुभयो । युवाले देशमा नै कम गरेर देशको पैसा देश भित्र नै रोक्नु पर्ने बताउनुभयो ।

देशलाई जति बेला सङ्कट आइपर्छ त्यति बेला देशको नेतृत्व गरेर समस्या समाधान गर्ने काम केपी ओलीले गर्ने गरेको उहाँले आग्रह गर्नुभयो । फेरि पनि देश अप्ठेरो अवस्थामा परेको बताउँदै उहाँले ओलीलाई देशको समस्या समाधानको अभिभावकत्व ग्रहण गर्न आग्रह गर्नुभयो ।




भर्खरै