९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

उखुको रस बेचेर मासिक ९० हजार आम्दानी

उखुको रस बेचेर मासिक ९० हजार आम्दानी
अ अ+ अ-
धरान । इटहरी उपमहानगरपालिका–६ का सरोज गौतमले ११ वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आउनुभएको छ । उहाँको गर्मी मौसममा मासिक रु ९० हजारसम्म आम्दानी हुने गरेको छ ।
बढिरहेको चर्को गर्मी अनि सडक छेउमा राखिएको उखु जुसको कक्ष (स्टल)त्यस स्टलभित्र राखिएको प्रेस उपकरण, त्यही उपकरणले पेलेर दिएको मिठो जुस यात्रीका लागि शीतलता दिनुका साथै व्यापारीको आम्दानी पनि बढाएको छ ।
गौतम सात वर्ष मलेसियामा सुरक्षा गार्डका रूपमा काम गरेर स्वदेश फर्केपछि इटहरी घर नजिकै एउटा गल्लीमा उखुको जुस बनाउने व्यापार सुरु गर्नुभयो । उहाँले ११ वर्षदेखि यही पेसा गर्दै आएको भन्दै गर्मी समयमा मासिक रु ९० हजारसम्म आम्दानी हुने जानकारी दिनुभयो । उहाँका अनुसार सबै खर्च कटाएर मासिक रु ४० हजार बचत हुने गरेको छ ।
गौतमले भन्नुभयो, “उखुको जुस बेचेर छोराछोरी पढाउनुका साथै सबै घरखर्च पुगेको छ । विदेशमा तातो घाममा दुःख गर्नुभन्दा स्वदेशमै सानै भए पनि आफ्नो व्यवसाय सञ्चालन गर्नु उपयुक्त हुन्छ ।”
सुरुमा टेम्पो चलाए पनि आम्दानी नभएपछि रु ७० हजारमा जुस बनाउने उपकरण किनेर व्यवसाय सुरु गरेको उहाँको भनाइ छ । “जुस बनाउने उखु सहजै उपलब्ध हुन्छ, समस्या छैन । आफैँले बराहक्षेत्रमा करिब एक बिघा जग्गा भाडामा लिएर उखुखेती गरेको छु । अपुग भएमा अन्य किसानसँग किन्ने गर्दछु”, उहाँले भन्नुभयो ।
उखुको जुस स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि उपयुक्त हुने इटहरीका अस्मिता श्रेष्ठले बताउनुभयो । “गर्मीमा बाहिर पसलमा राखिएका तयारी जुस पिउनुभन्दा यहाँको ताजा र स्वादिलो जुस पिउँदा स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ”, उहाँले भन्नुभयो ।
गौतमजस्तै धरान उपमहानगरपालिका–५ का दीपक श्रेष्ठ १० वर्ष कतार र चार वर्ष इरानमा काम गरेर स्वदेश फर्किनुभयो । उहाँले अहिले धरानका गल्लीगल्लीमा आफ्नो व्यवसायलाई विस्तार गर्नुभएको छ । यही पेसाबाट जीविकोपार्जन भइरहेको उहाँले बताउनुभयो ।
“सुरुमा धेरै चुनौती र समस्याहरु भए पनि अहिले यो व्यवसायले सन्तुष्टि दिएको छ । अहिले मसँग सामूहिक रूपमा काम गर्ने दुई जना साथी पनि जोेडिनुभएको छ । हामीले सामूहिक रूपमा धरान, इटहरीलगायत विभिन्न ठाउँमा उखुको जुसको कक्ष राखेका छौँ”, क्षेष्ठले भन्नुभयो ।
सानो लगानी भए पनि जुसका लागि उखु खरिद, उपकरण, बजारको प्रतिस्पर्धी वातावरणसँग जुध्नुपर्ने भएकाले सुरुआतमा चुनौतीपूर्ण रहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा ग्राहक आउनुहुँदैनथ्यो । गल्लीहरू र घरघरमा गएर जुस खाइदिनुप¥यो भन्दै बेचेर हिँड्यौँ । अहिले भने ग्राहकले फोन गरेर जुसको कक्ष खोज्दै आउनुहुन्छ ।”
श्रष्ठको स्टलमा १० वर्षदेखि एक जनाले रोजगारी समेत पाउनुभएको छ । झापामा तीन बिघा जग्गामा उखुखेती गरेको बताउँदै उहाँले खेतीमा सहजीकरण गर्न थप दुई जनालाई रोजगारी दिएको जानकारी दिनुभयो ।
“आफ्नो व्यवसायसँगै अरुलाई रोजगार दिन सक्दा गर्व महसुस हुन्छ । सानो लगानीबाट सुरु गरेको व्यवसायबाट अहिले मनग्ये आम्दानी भइरहेको छ । व्यापार सधैँ एकनासको हुँदैन तर सन्तोषजनक छ । सबै कर्मचारीलाई तलब, छोराछोरी पढाउने, घर खर्च पुगेर रु ७० हजार बचत हुन्छ”, उहाँले भन्नुभयो ।
श्रेष्ठले आफ्नो जुस व्यवसायलाई व्यापारका रूपमा मात्र नलिएर स्वास्थ्य र वातावरणका लागि प्रभावकारी विकल्पका रूपमा लिएको बताउनुभयो । “तयारी जुसमा स्वास्थ्यलाई असर गर्ने अनावश्यक केमिकलहरू हुन्छन् । हामीले बनाउँदा उखु, बिरे नुन, पुदिना, कागती र घरमा बनाइएका बरफ प्रयोग गर्छौं । जुस प्रतिगिलास रु ५० मा बिक्री हुन्छ”, उहाँले भन्नुभयो ।
जाडो मौसममा अरुको घरमा काम गरे पनि गर्मीको समयमा उखुको जुसको व्यवसायले जीविकोपार्जन हुने गरेको इटहरी–२० का अमिर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “जाडो मौसममा अरुको ज्यालामजदुरी गरे पनि माघ अन्तिमदेखि भदौसम्म जुसको व्यवसाय गर्दै आएको छु ।” उहाँका अनुसार माघदेखि भदौसम्म मासिक रूपमा रु ६० देखि रु ७० हजारसम्म आम्दानी हुन्छ ।
गर्मीको समय सुरु भएसँगै धरान, इटहरीलगायत बजार क्षेत्रमा उखुको जुस बिक्री गर्ने सयौँ व्यवसायी छन् । कम लगानीमा मनग्ये आम्दानी हुने भएकाले यो व्यवसायप्रति धेरैको आकर्षण बढ्दै गएको हो । रासस