१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

पत्रकार मिश्रमाथि भएको दुव्र्यवहारप्रति महासङ्घको ध्यानाकर्षण

पत्रकार मिश्रमाथि भएको दुव्र्यवहारप्रति महासङ्घको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता एवं नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका वरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद मिश्रमाथि समाचार सङ्कलनका क्रममा भएको दुर्व्यबहारप्रति महासङ्घ रासस प्रतिष्ठान शाखाले भत्र्सना गरेको छ ।

प्रतिष्ठान शाखाले यही वैशाख ९ गते कागेश्वरी मनोहरास्थित सार्वजनिक सडकको तस्बिर लिनेक्रममा निर्माण व्यवसायीसम्बद्ध व्यक्तिले राससका पत्रकार मिश्रलाई धाकधम्कीसहित गालिगलोज गरेको घटनाप्रति खेद व्यक्त गर्दै दोषीलाई दहैसम्म कारवाही गर्न माग गरेको छ ।

रासस प्रतिष्ठान शाखाका अध्यक्ष कृष्णप्रसाद सापकोटाद्वारा आज जारी विज्ञप्तिमा, “पत्रकार मिश्रलाई यही वैशाख ९ गते मङ्गलबार दिउँसो कोलमोतेश्वर कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित निर्माणाधीन सार्वजनिक सडकको तस्बिर लिने क्रममा निर्माण व्यवसायी सङ्घको प्रतिनिधि बताउने एक व्यक्तिले हस्तक्षेप गरी धाकधम्की दिएको तथा सङ्कलित तस्बिर हटाउन दबाब दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । ”, भनिएको छ ।

उक्त घटनाबाट पत्रकार मिश्रको मात्र नभई सम्पूर्ण पत्रकारहरूको मनोवैज्ञानिक र भावनात्मक रूपमा असर पुग्ने निष्कर्ष रहेको उल्लेख गर्दै प्रतिष्ठान शाखाका अध्यक्ष सापकोटाले समाचार सङ्कलन तथा सम्प्रेषणमा खटिने पत्रकारलाई सुरक्षा दिँदै मनोबल बढाउनेतर्फ सरोकार भएका निकायको ध्यानाकर्षण गर्नुभएको छ ।

महासङ्घले देश र जनताका पक्षमा अहोरात्र काम गरिरहेको श्रमजीवी सञ्चारकर्मीमाथि हुने यसकिसिमका दुर्व्यबहार एवं ज्यादतिका कारण सुरक्षा चुनौती थपएिको र नागरिकको अभिव्यक्ति तथा सूचनाको हकसम्बन्धी अधिकार हनन भएको निष्कर्षसहित आपत्ति व्यक्त गरेको छ ।

आमसञ्चारकर्मीमाथि हुने कुनै पनि प्रकारका दुव्र्यवहार अन्त्य गर्न र अभिव्यक्ति तथा सूचनाको हकमाथिको अधिकार सङ्कुचन हुन नदिन सम्बद्ध निकायको ध्यानाकर्षण गर्दैै पत्रकार मिश्रमाथि भएको घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कानुनबमोजिम कारवाही गर्न अध्यक्ष सापकोटाले जोडदार माग गर्नुभएको छ ।