१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले ममाथि योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली

शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले ममाथि योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली काठमाडौँ, ९ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७६औँ वर्ष प्रवेशका अवसरमा मङ्गलबार काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले योजनावद्ध रुपमा प्रधानमन्त्रीको असहयोगको कारण शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने भ्रम पैदा गरेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट विद्या भट्टराईले सोमवार राजीनामा दिनुभएको थियो । स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुभएकी मन्त्री भट्टराईको विषयमा सञ्चारमाध्यमहरुले प्रधानमन्त्रीलाई दोष देखाउँदै समाचार प्रकाशित गरेको भन्दै प्रधानमन्त्री ओली आक्रोशित हुनुभएको हो ।

उहाँले स्वास्थ्यको कारण देखाएर स्पष्ट रुपमा राजीनामा दिँदा आफूहबिरुद्ध किन आक्रमण भन्दै प्रश्न गर्नुभयो । सबै सञ्चारमाध्यहरुले आफ्नो बिरुद्धमा प्रश्ताव राखेर पारित नै गरेर झैँ आक्रमण गरिरहेको उहाँको आरोप छ । प्रधानमन्त्री ओलीले केही नयाँ राजनीतिक दलका नेताहरुले प्रधानमन्त्रीको राजीनामा आनुपर्नेमा शिक्षामन्त्रीको राजीनामा आयो भनेकोप्रति १५ महिना कुरेदेखि आफ्नो पनि राजीनामा आउने र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताउनु भयो । आफ्नो राजीनमा हेर्ने मन भए १५ महिना पर्खिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी सुशासन र विकासको बाटोमा अघि बढेका छौँ । सजिलो छैन । धेरैतिर बिग्रिएको छ । बिग्रिएकोलाई सच्याएर अघि बढ्न, सपारेर अघि बढ्न सजिलो छैन । त्यही अफ्ठ्यारो काम हामी गरिरहेका छौँ । गर्न खोजिरहेका छौँ । हामीले सरकारको नेतृत्व जिम्मा लिँदा अर्थतन्त्र अस्तव्यस्त अवस्थामा थियो । हामीले आरोलो लाग्दो अवस्थाबाट ब्रेक हान्दै हान्दै हान्दै ल्याएर यो वर्षभरमा हामी ठिक ठाउँमा लैजान्छौँ । आरोलो लाग्ने क्रमलाई रोकेर अब सकारात्मक बाटोमा फर्काउन नयाँ बजेट ल्याउँदैछौँ ।

नयाँ नीति कार्यक्रम ल्याउँदैछौँ । अब हल्ला एक जना मन्त्रीले राजीनामा दिनुभयो भन्ने । खुब प्रचार भएको छ । किन दिनुभयो रे भन्दा प्रधानमन्त्रीले बसिखानै दिएन रे । मैले बनाएको मन्त्री, मैले काम लगाइरहेको छु, सहयोग गरिरहेको छु, सिकाइरहेको छु । उहाँले अस्ति भर्खर पनि अप्रेसन गर्नुभयो, स्वास्थ्य पनि ठिक भएन । धेरै ठूलो मन्त्रालय छ शिक्षा मन्त्रालय । सजिलो पनि छैन । त्यसो भएर उहाँले । उहाँले स्वास्थ्यको कारण देखाउनुभएको छ । स्वास्थ्यको कारणले उहाँले काम गर्न सक्नु भएन भने त्यो सबै आजको अखबार हेर्नुपर्छ ।

सबैको हेडलाइन मेरा बिरुद्ध छ । यो त कस्तो भने आश्चर्यको पनि अनौठो आश्चर्य लाग्छ । यस्तो दुश्मनी के कारणले हो । सबैले एक ठाउँ बसेर सल्लाह गरेर लेखे जस्तै गर्दछन् । सल्लाह गरेर । मानि लिऔँ, प्रश्ताव राखेर पारित नै गरेर यही लेख्ने भनेर लेखेको जस्तै सबैको टेलिफोन संवाद भएर योजनावद्ध ढंगले लेखेका छन् । आजका पेपरहरुका हेडलाइन हेर्नुस् । सबैका ।

सरकारले असहयोग गरेर कोही कोही ठाउँमा लेखेका होलान् । नत्र भने प्रधानमन्त्रीले असहयोग गरेर, प्रधानमन्त्रीसँगको मतभेदबाट । धेरैलाई लागेको छ । कोही कोही नयाँ शक्तिहरुले त भनेछन् पनि । शिक्षामन्त्रीको राजीनामा आयो, प्रधानमन्त्रीको आउनुपर्दथ्यो । प्रधानमन्त्रीको राजीनामा मैले भन्ने गरेको छु त १५ म्हिनापछि आउँछ भनेर । हाम्रो सहमति नै छ नेपाली काँग्रेससँग १५ महिनापछि मैले राजीनामा गर्दछु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । स्पष्टै छ त यसमा १५ मनिा पर्ख न मेरो राजीनामा हेर्ने मन छ भने । पर्ख । पर्ख । १५ महिना पर्ख ।’

प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा अघि बढेको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रलाई सही दिशामा लैजान नयाँ बजेट ल्याउन लागेको बताउनु भयो ।