५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट अब संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।

मंगलबारको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले उक्त रिट संयुक्त इजलासमा पठाउन आदेश दिएको हो ।

योसँगै अब संयुक्त इजलासमा सुनुवाइको पेशी तोकिनेछ । सभापति लामिछाने हाल सहकारी ठगी प्रकरणमा बुटवल उच्च अदालतको आदेशले पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् ।

रविपत्नी निकिता पौडेलले रविलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन् ।