९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बर्सेनि चैते धानखेतीप्रति किसानको आकर्षण बढ्दै

बर्सेनि चैते धानखेतीप्रति किसानको आकर्षण बढ्दै
अ अ+ अ-

भजनी । भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आउनुभएको छ । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको चैते धान अहिले तीन बिघामा फैलिएको छ । राम्रो उत्पादन दिने भएपछि उहाँले खेती विस्तार गर्दै लगेको बताउनुभयो । “मिहिनेत बढी छ, सिँचाइको सुविधा पुर्याउन सक्यो भने बर्खे धानभन्दा चैते धानले बढी उत्पादन दिन्छ”, उहाँ भन्नुहुन्छ, “बजारको पनि समस्या छैन । उत्पादन राम्रो हुने भएपछि किसानको आकर्षण बढ्ने नै भयो ।”

वर्षात्का समयमा डुबानका कारण कुनै खेती नहुने भएकाले पनि कृष्णजस्ता सयौँ किसानका लागि चैते धान विशेष बनेको छ । जिल्लाकै सबैभन्दा बढी डुबानको चपेटामा पर्ने भजनीका फाँट यतिबेला धानले हरियाली छन् । हिउँदे बाली भित्र्याएर अधिकांश किसानले धान रोपेका छन् । कतिपय किसान अझै पनि धान रोप्न व्यस्त छन् । “हाम्रो यता बर्खाको समयमा डुबान बढी हुने भएका कारण खेती हुँदैन”, सोही ठाउँका बलदेव चौधरी भन्नुहुन्छ, “चैते धान नै प्रमुख बनेको छ । त्यहीँ उत्पादन भएको धानले खान पुगेको छभने अन्य आर्थिक कारोबार पनि त्यसैबाट टर्ने गरेको छ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भजनी क्षेत्रमा चैते धान विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाको वडा नं ३ र ८ मा धान जोन नै सञ्चालन गरेको छ । किसानमा चैते धानप्रति देखिएको आकर्षणले धानखेती विस्तार कार्यक्रम राम्रो बन्दै गएको परियोजना प्रमुख गोविन्दराज जोशी बताउनुहुन्छ । “परियोजनाले जोन नै सञ्चालन गरेपछि किसानले ठूलो सहुलियत पाउनुभएको छ । बर्सेनि धानखेती विस्तार पनि हुँदै गएको छ”, उहाँले भन्नुभयो, “गत वर्ष करिब पाँच सय हेक्टरमा चैते धानमा परियोजनाको सहयोग रहेको थियो भने यस वर्ष झन्डै पाँच सय हेक्टरमा विस्तार भएको छ ।”

परियोजनाले भजनीसहित कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका र घोडाघोडी नगरपालिकामा पनि चैते धान विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । परियोजना प्रमुख जोशीका अनुसार यस वर्ष परियोजनाले एक हजार हेक्टरमा चैते धान विस्तारमार्फत सहयोग गरेको छ । उहाँले किसानलाई बीउसँगै अन्य कृषि उपकरणमा परियोजनाले सहयोग गर्दै आएको बताउनुभयो ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कानुसार यस वर्ष एक हजार पाँच सय हेक्टरमा चैते धानखेती भइरहेको छ । गत वर्षको भन्दा यस वर्ष तीन सय हेक्टरले धानखेती बढेको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिनुभयो । “एकिन तथ्याङ्क त सङ्कलन भइसकेको छैन, त्यहीँ एक हजार पाँच सयभन्दा बढी हेक्टरमा धानखेती भएको छ । जसमध्ये ज्ञान केन्द्रले दुई सय ५० हेक्टरमा सहयोग गरेको छ”, उहाँले भन्नुभयो, “जसमध्ये ८० प्रतिशत धानखेती भजनी नगरपालिकामा भइरहेको छ ।”

भजनीमा २०६३ सालमा आएको बाढीका कारण रु एक करोड ५० लाखभन्दा बढीको धान बालीमा क्षति भएपछि त्यसको विकल्पमा किसानले चैते धान सुरु गर्न थालेको विष्ट बताउनुहुन्छ । बर्खे धानभन्दा राम्रो उत्पादन दिने भएका कारण किसानको आकर्षण बढ्दै गए पनि लागत भने महँगो हुने गरेको उहाँको भनाइ छ । “अहिलेको सिजनमा सिँचाइको सहज पहुँच हुँदैन, जमिनमुनिबाट पानी तानेर सिँचाइ गर्न महँगो पर्छ”, उहाँले भन्नुभयो, “सिँचाइमा सहजताका लागि हामीले बिजुलीमा सहुलियतका लागि किसानलाई सहयोग पुग्नेगरी कार्यक्रम बनाइरहेका छौँ ।” किसानलाई धान बाली भित्र्याउन र धान सुकाउन आवश्यक मेसिनरी अनुदानको योजनामा ज्ञान केन्द्र रहेको विष्टले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रले चैते धानमा सहयोग गरेपछि भजनी नगरपालिकाले यस वर्ष सो क्षेत्रमा सहयोग गरेको छैन । कार्यक्रमको ‘डुब्लिकेसन’ हुने भन्दै सो कार्यक्रम चालु आवमा समावेश नगरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले बताउनुभयो । “हामीले कार्यक्रम नराखे पनि प्राविधिक सहयोग भने रहेको छ”, उहाँ भन्नुहुन्छ, “चैते धानमा बर्सेनि किसानको सङ्ख्या बढ्दै गएको छ । यस वर्ष नगरपालिका क्षेत्रभित्र एक हजार हेक्टरभन्दा बढीमा चैते धान विस्तार भएको छ ।” उहाँले आवश्यकताका आधारमा किसानलाई सहजीकरण गर्दै आएको बताउनुभयो ।

सरकारले पनि पहिलोपटक चैते धानको समर्थन मूल्य तोकेको छ । सरकारले चैते धानको समर्थन मूल्य तोक्नुपर्ने माग गर्दै आएका किसान यतिबेला धानको समर्थन मूल्य तोकिएपछि झन् खुसी भएका छन् । “बजारमा धानको मूल्य हामीले तोक्न पाइरहेका थिएनौँ । व्यापारीले जति दिन्छ, त्यतिमै चित्त बुझाउनुपर्ने स्थिति थियो”, किसान कल्लु डगौराले भन्नुभयो, “अब हामीले धानको मूल्य पाएका छौँ । त्यसकारण पनि किसानले यस वर्ष बढी धान लगाएका छन् ।” सरकारले चैते धानको प्रतिक्विन्टल रु दुई हजार ८००.६९ समर्थन मूल्य तोकेको छ ।