१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

थापा प्रवेश गर्न लागेपछि कांग्रेसमा हलचल

थापा प्रवेश गर्न लागेपछि कांग्रेसमा हलचल
अ अ+ अ-

काठमाडौँ । राप्रपा नेता सुनीलबहादुर थापासहितको कांग्रेस प्रवेश यस्तो बेला हुँदै छ, जहाँ आसन्न महाधिवेशनलाई लिएर नेताहरूबीच नेतृत्वको लडाइँ चलिरहेको छ । यही बेला, अर्को संयोग थपिएको छ, पार्टीका पुराना नेतामाथि कारबाही । एकातिर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निष्कासन गरिएको छ, अर्कोतर्फ राप्रपाबाट सुनीलबहादुर थापासहितका नेताहरूलाई मंगलबार पार्टीमा प्रवेश गराइँदै छ ।

थापालाई सहमहामन्त्री र अरू पाँच नेतालाई केन्द्रीय सदस्य दिएर राप्रपा नेताहरूलाई भित्र्याउने तयारी भइरहँदा जोशी, ओझा र विष्टमाथि भएको कारबाहीप्रति भने पार्टीमा असन्तुष्टि छ । आफ्ना पार्टीका नेतालाई कारबाही गरेर अर्को पार्टीबाट भित्र्याउँदा कार्यकर्तामा नकारात्मक सन्देश जाने भन्दै अर्जुननरसिंह केसी, शेखर कोइराला, मीनेन्द्र रिजाललगायत नेताहरूले असन्तुष्टि जनाएका छन् ।

थापाको कांग्रेस प्रवेशको चर्चाले राप्रपाको समेत जग हल्लाएको छ । उनको कांग्रेस प्रवेशसँगै राप्रपाका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजनीतिक विरासत पनि अन्त्य हुने भन्दै अध्यक्ष कमल थापाले दुई दिनअघि ट्वीट गरेका थिए । उनले सुनीललाई पिताको मौलिक विचारको रक्षाका लागि राप्रपा नछाड्न पनि अपिल गरेका थिए ।

आसन्न महाधिवेशन केन्द्रित भएर गुटहरू सक्रिय बनिरहेका बेला सुनीललाई कांग्रेस प्रवेशमा पनि निकै ‘पापड’ बेल्नुपर्‍यो । उनको प्रवेशलाई कांग्रेस नेताहरूले महाधिवेशनमा आ–आफ्नो लाभरहानिसँग तुलना गरिरहेका थिए । सभापति शेरबहादुर देउवाको इच्छामा मात्रै चल्दा अर्को पक्ष असन्तुष्ट बन्ने सम्भावना थियो । थापा आफैं वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको मन जित्नका लागि उनीहरूको ढोकासम्म पुगेका थिए । त्यसपछि मात्रै उनको पार्टी प्रवेशसँगै सहमहामन्त्रीको पद सुनिश्चित भएको हो । आफ्नो पद सुनिश्चित भएपछि उनीसहित ३१ जनाले शनिबार राप्रपाबाट राजीनामा दिएका थिए । राजीनामा दिनेहरूमा १९ जना केन्द्रीय तहका नेता छन् । मंगलबारको पार्टी प्रवेशमा भने २१ जना मात्रै सहभागी हुने भएका छन् ।

सहमहामन्त्री र पाँच केन्द्रीय सदस्य दिने निर्णयप्रति वरिष्ठ नेता पौडेल भने सन्तुष्ट छैनन् । पार्टी प्रवेशको कार्यक्रम राखिए पनि पौडेल उपस्थित हुनेरनहुने अनिश्चित भएकाले कांग्रेसले साँझसम्म पनि कार्यक्रमको जानकारी दिन सकेको थिएन । उपसभापति विमलेन्द्र निधि पौडेलनिवास बोहराटारमै पुगेर मनाएपछि मात्रै कार्यक्रम निश्चित गरिएको हो ।

सुनील लामो समय संयुक्त राष्ट्रसंघमा जागिरे थिए । एक दशकअघि मात्रै उनी राजनीतिमा आएका हुन् । पिताको जीवनको उत्तरार्द्धसँगै राजनीतिमा होमिएका उनको संसद्मा ‘इनिङ’ ०७० को चुनावबाट भएको हो । त्यतिबेला पिताकै निर्वाचन क्षेत्र धनकुटाबाट उनी निर्वाचित भए । जितसँगै मन्त्री पनि भइहाले । तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा उनी आपूर्ति तथा वाणिज्यमन्त्री बनेका थिए ।

गत फागुनमा दुई राप्रपा एकीकृत हुँदा नै उनी पार्टी छाड्ने मनस्थितिमा पुगिसकेका थिए । त्यतिबेलैदेखि कांग्रेस प्रवेश गर्ने तयारीमा थिए । धनकुटाका कांग्रेस जिल्ला सभापति अग्नि पौडेलका अनुसार त्यतिबेला सबै तारतम्य मिलिसकेको थियो । जिल्लामा ठूलो आमसभा गरेर पार्टी प्रवेश गराउने योजना थियो । ‘तयारी हुँदाहुँदै लकडाउन भयो,’ उनले भने, ‘महाधिवेशनअघि नै प्रवेश गर्नुपर्छ भन्ने जिल्लाकै आग्रहमा मंगलबारको कार्यक्रम तय भएको हो ।’ कांग्रेस प्रवेश गर्ने तयारी धेरैअघिदेखि भएकै कारण दुई राप्रपाको एकीकरण सभा थापाले बहिष्कार गरेका थिए । यद्यपि उनले राजतन्त्र र संघीयताको मुद्दामा विचार नमिलेका कारण नगएको प्रतिक्रिया दिएका थिए ।

लामो समय र सबैभन्दा बढी अवधि प्रधानमन्त्री भएका हिसाबले पनि सूर्यबहादुरको धनकुटासँग विशेष सम्बन्ध थियो । पञ्चायतका पहिला प्रधानमन्त्री उनी महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका शासनकालमा सत्तामा रहे । बहुदल आएपछि एक पटक कांग्रेसकै समर्थनमा पनि उनी प्रधानमन्त्री भए । बाबुकै सल्लाहमा राजनीतिमा आएका सुनीलले पनि धनकुटालाई आफ्नो केन्द्र बनाउन चाहेका छन् । यसका लागि राजनीतिक र वैचारिक सम्बन्धका दृष्टिले कांग्रेसमा रहे सुरक्षित हुन सकिने बुझाइ उनमा धेरै अघिदेखिकै हो ।, समाचार कानितपुर दैनिकमा प्रकाशित छ ।