१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

कोभिडबाट मृत्यु भएका ४८ संक्रमितमध्ये २७ दीर्घरोगी

कोभिडबाट मृत्यु भएका ४८ संक्रमितमध्ये २७ दीर्घरोगी
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्म नेपालमा ४८ जनाको मृत्यु भएको छ । उनीहरूमध्ये २७ जना दीर्घरोगी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा कोरोना भाइरसको संक्रमणबाट २ जेठमा सिन्धुपाल्चोककी सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा ३ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता ७२ दिनमा कोरोनाबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार साँझसम्म मृत्यु भएका ४८ जना कोरोना संक्रमितमध्ये २२ जना ५० वर्षभन्दा माथिका छन् । त्यस्तै, २६ जना ५० वर्षभन्दा कम उमेरका छन् । जसमा तीन बालबालिका पनि छन् । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मृत्यु भएकामध्ये २७ जना गम्भीर प्रकारका दीर्र्घरोगी हुन् । उनीहरूमा मिर्गौलाको समस्या, क्यान्सर, अंग प्रत्यारोपित, फोक्सोको क्यान्सर, क्षयरोग, मधुमेह, उच्च रक्तचापजस्ता समस्या रहेको पाइएको हो । मृत्यु भएकामध्ये सातजनामा श्वास–प्रश्वासको समस्या देखिएको छ । त्यस्तै, कोभिड–१९ बाट मात्रै चारजनाको मृत्यु भएको मन्त्रालयले जनाएकोे छ । मृत्यु भएका १० जनामा कोरोना पुष्टि भए पनि कारण खुलेको छैन । 

स्वास्थ्य मन्त्रालयका अनुसार औसत प्रत्येक दुई दिनमा एकजनाको मृत्यु भएको छ । मृतक व्यक्तिमा कोरोना पुष्टि भएपछि उनीहरूको मृत्युको प्रमुख कारक कोरोना हो वा अरू नै त्यसबारे कुनै गहन अध्ययन भएको छैन । नेपालमा ४८ जनाको कोरोनाबाट मृत्यु भएको भनिए पनि प्रमुख कारण कोरोना नै हो भन्ने विषयमा गम्भीर प्रश्न खडा भएको अनुसन्धान वैज्ञानिक डा। सन्तोष दुलालले बताए । उनका अनुसार कोरोनाबाट मृत्यु भएकामध्ये ७३ प्रतिशतमा कुनै न कुनै प्रकारको ‘को–मोर्बिडिटिज’ देखिएको छ । 

त्यस्तै, दीर्र्घरोग नभए पनि हप्तौँ लगाएर भारतबाट हिँडेर आउँदा खाना, पानी र थकानको कारणले गर्दा उनीहरू पनि दीर्र्घरोगीजस्तै हुन पुगेको डा। दुलालको भनाइ छ । यस्तो अवस्थामा क्वारेन्टाइनमा बस्दा उनीहरूले ज्यान गुमाउनुपरेको उनले बताए । ‘मृत्युको कारक कोरोना नहुन सक्छ, मुख्य कारकतत्व दीर्र्घरोग र बढी थकान हुन सक्छ । दीर्र्घरोगले उनीहरू गम्भीर अवस्थामा थिए, थप कोरोनाले अझ बढी गम्भीर बनाइदियो । जसका कारण उनीहरूको मृत्यु भयो,’ डा। दुलाल भन्छन्, ‘यसले गर्दा सबैको मृत्यु कोरोनाले भएको भनेर दाबी गर्न सकिँदैन । कोरोना र अन्य रोगले मृत्यु गराउने सम्भावना के छ, त्यसलाई राम्रोसँग केलाउनुपर्छ ।’

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ५० वर्षभन्दा माथिको उमेर समूहका सबै व्यक्तिमा अन्य समस्या पाइएको छ । जसमध्ये २२ प्रतिशतमा मिर्गौलाको समस्या र अन्यलाई क्षयरोग, मुटु, मधुमेह, क्यान्सरको समस्या देखिएको छ । त्यस्तै, ५० वर्षभन्दा कम उमेर समूहका व्यक्तिमा ५५ प्रतिशत मात्र अन्य समस्या भएको पाइएको छ । डा। दुलालका अनुसार कोरोनाको पुष्टि भएका ५० वर्षभन्दा कम उमेरका व्यक्तिभन्दा ५० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिमा मृत्युको जोखिम करिब १२ गुणा बढी देखिएको छ । 

एकैदिन तीन संक्रमितको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट सोमबार एकैदिन तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घन्टामा एक सय ३९ नयाँ संक्रमित थपिँदा तीनजनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । योसँगै कोरोना संक्रमितको संख्या १८ हजार सात सय ५२ पुगेको छ । जसमध्ये १३ हजार सात सय ५४ जना निको भएका छन् । 

सोमबार मृत्यु हुनेमा भारतीय ६५ वर्षीय वृद्ध, धनुषाका ३६ वर्षीय युवक र बाराका ६० वर्षीय वृद्ध रहेका छन् । मुटुका रोगी भारतीय नागरिकको वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै, धनुषाको सहिदनगर नगरपालिकाका युवकमा ज्वरो, खोकी र श्वास–प्रश्वासको समस्या देखिएको थियो । बाराका वृद्धमा निमोनिया, मस्तिष्कघात र मिर्गौलासम्बन्धी गम्भीर समस्या देखिएको मन्त्रालयले जनाएको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।