२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्दा नेतालाई गिरफ्तार गरियो, अविलम्ब छाडियोस्ः राप्रपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीको आन्तरिक बैठक सकेर कार्यक्रमस्थल बिजुली बजारतर्फ पैदल जाने क्रममा प्रशासनले अध्यक्ष लिङ्देनसहित नेताहरूलाई गिरफ्तार गरेको भन्दै राप्रपाले नेताहरुलाई अविलम्ब रिहा गर्न माग गरेको हो ।

प्रवक्ता मोहन श्रेष्ठले भनेका छन्–
सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीको आन्तरिक बैठक सकेर कार्यक्रमस्थल बिजुली बजारतर्फ पैदल जाने क्रममा प्रशासनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार भित्रै गिरफ्तार गरेको छ । सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकार कुण्ठित भएको छ। गणतन्त्रका नाममा भइरहेको निरंकुशता अन्त्य हुनैपर्छ ।

शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्नुभएका राप्रपाका अध्यक्ष र नेताहरुलाई अविलम्ब रिहा गरियोस् ।