काठमाडौं । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएकी छन् ।
उनले पार्टीका कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा प्रस्ताव गरेकी हुन् ।
प्रतिनिधि सभाको जिम्मेवारीमा मात्रै केन्द्रित रहि काम गर्ने बतााउदै उनले राजिनामा दिएकी हुन् । यद्यपी, यसबारे उनले भने कुनै प्रतिक्रिया दिएकी छैनन् ।
सभापति रवि लामिछानेले पार्टी पुनर्संरचनाको पहल गरसँगै अन्य पदाधिकारी र विभागीय प्रमुखहरूले पनि राजीनामाको तयारी गरेका बताईएको छ ।










