काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।
निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य आज एकैदिन प्रतितेला ३६०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड बनाएको हो ।
यससँगै, बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हाल सम्मकै उच्च बिन्दु हो ।
बुधबार उक्त सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चादी प्रतितोला ५ रुपैयाँले बढेर १९६० रुपैयाँमा कारोबार भईरहेको छ ।









