५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु बैंक र गोरखा गार्डन होटलबीच सम्झौता



अ+ अ-

काठमाडौं । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका–६, अर्घले स्थित गोरखा गार्डन होटल प्रा।लि।बीच विशेष छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु राना र गोरखा गार्डन होटलका अध्यक्ष सुरेन्द्र कुँवरले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताका अनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट वा क्रेडिट कार्ड तथा अन्य विद्युतीय माध्यममार्फत भुक्तानी गर्दा गोरखा गार्डन होटलमा उपलब्ध आवास, भोजन तथा मनोरञ्जन सेवामा १५ प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्।

प्रभु बैंक लिमिटेड र गोरखा गार्डन होटलबीचको यो साझेदारीले गोरखाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै बैंकका ग्राहकवर्गलाई थप सुविधा दिने विश्वास लिइएको छ।