६ भाद्र २०८३, शनिबार
,
Latest
बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबईबाट आएका युवकलाई कुटपिट गर्ने विमानस्थलका तीन प्रहरी जिम्मेवारीबाट हटाइए



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई कुटपिट गर्ने तीन प्रहरी कारबाहीमा परेका छन् । दुबईबाट फर्किएका एक युवकलाई कुटपिट गरेको आरोपमा विमानस्थलबाट ३ जना प्रहरीलाई हटाइएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले घटनामा संलग्न देखिएका ३ जना प्रहरी कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएको जनाएको छ ।

उनीहरुलाई विमानस्थलबाट तानेर काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाई आवश्यक छानविन तथा अनुसन्धान थालिएको छ ।

गत चैत ३१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर काठमाडौँमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वदेश फर्किएका एक युवकमाथि दुर्व्यवहार गरेको भन्ने भिडिओ सामाजिक सञ्जालमा व्यापक चर्चामा आएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि मानिसहरुले भिडियोको कमेन्टमा प्रहरीमाथि आक्रोश समेत पोखेका थिए ।