६ भाद्र २०८३, शनिबार
,
Latest
बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगन्जको घटनामा संलग्न दोषीमाथि कारबाही गर्न निर्देशन



अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगन्जको सद्भाव खल्बल्याउने घटनामा संलग्न दोषीमाथि छानबिन गरी कानुनबमोजिम कारबाही गर्न निर्देशन दिनुभएको छ ।

उहाँले आज एक विज्ञप्ति जारी गरी धार्मिक, सांस्कृतिक तथा जातीय विविधताबीच आपसी सम्मान र भाइचाराको भावना प्रकट गर्नु सबै नागरिकको कर्तव्य भएको उल्लेख गर्दै समाजमा शान्ति र सहिष्णुता कायम राख्न सबै पक्षबाट संयम र समझदारीको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ ।

मन्त्री गुप्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कुनै पनि बहानामा आपसी सद्भाव भङ्ग गर्ने कार्य दुःखद् र चिन्ताजनक हो, नागरिकहरूले एकअर्काका धार्मिक विश्वास र आस्थाप्रति सम्मान जनाउनु सहअस्तित्वको आधार हो ।”

झडपपछिको अवस्थालाई ध्यानमा राख्दै मन्त्री गुप्ताले निरन्तर स्थानीय प्रशासन र सुरक्षा निकायसँग सम्पर्कमा गरिरहेको उल्लेख गर्नुभयो । उहाँले घटनाका दोषीहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशनसमेत दिनुभयो ।

मन्त्री गुप्ताले हनुमान जयन्तीका अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा भएको झडपबाट सृजना भएको तनाव र त्यसपछि विकसित घटनाक्रमप्रति गम्भीर चासो देखाउनुभएको छ । झडपपछि दुवै समुदायका प्रतिनिधि र विभिन्न राजनीतिक दलको सर्वदलीय बैठक बसेर घटनाको समीक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त बैठकबाट तयार भएको पाँच बुँदे सहमतिअनुसार दोषी पहिचान, अनुसन्धान र कारबाही प्रक्रियालाई अगाडि बढाउन मन्त्री गुप्ताले आग्रह गर्नुभयो । मुलुकको आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा परिचित वीरगन्जमा सामाजिक सद्भावमा खल्बल्याउने प्रयासप्रति गहिरो चिन्ता व्यक्त गर्दै उहाँले सबै वीरगन्जवासीलाई संयमित र सजग रहन अनुरोध गर्नुभयो । रासस