५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गति लिन सकेनः महामन्त्री थापा



अ+ अ-

काठमाडौ । नेपाली काँग्रेसका महामन्त्री, गगनकुमार थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तिब्रता दिने अपेक्षा गरेपनि त्यसअनुसार काम हुन नसकेको जिकिर गर्नुभयो । उहाँले सरकारी काम कारबाहीमा सुधार, सुशासन प्रवद्र्धन लगायतका विषयहरुमा सरकारले जोड दिँदै काम गर्ने अपेक्षा गरेपनि सरकार ट्याक्टरको गतिमा अघि बढिरहेको बताउनु भयो । महामन्त्री थापाले सरकारले नागरिकको अपेक्षाको गतिअनुसार काम गर्न नसकेको स्वीकार गर्नुभयो ।

महामन्त्री थाापले भन्नुभयो, ‘हामीले के ठानेका थियौँ भने दुई वटा ठूला ठूला पार्टी मिलेर सरकार बनिसकेपछि संविधानमा पनि केही कुरा बदलाव ल्याउने कुरा तत्काल प्रारम्भ गर्छौं । खासगरी गभर्नेन्समा व्यापक सुधार गर्छौं । व्यक्तिगत रुपमा त मैले यस पटक केही भुमिका लिनुपर्छ भन्दै गर्दा म सरकारमा बसेर भुमिका लिन्न तर यो सरकार सफल बनाउने, यो सरकारले परिणाम दिने कुराको सन्दर्भमा व्यक्तिगत रुपमा वार फुटिङमा काम गर्दछु, व्यक्तिगत रुपमा जोखिम उठाउन, गाली खान तयार छु, किनभने अब काम गर्नुपर्छ । परिणाम दिनुपर्छ, जिम्मा पनि लिनुपर्छ । विशेष गरी इकोनोमिक फण्डमा काम गर्ने हो । त्यस कारणले शुरुको चरणमा जोतिएर गएर काम गरेको पनि हो । उत्साहका साथमा धेरै कुरा बदल्ने भनेर लागेको पनि हो । तर बिस्तारै के लान थालेको छ भने देशलाई कंकडको स्पिड चाहिएको छ । आज एउटा, भोलि एउटा, पर्सि एउटा, एउटा माहोल बनाउनुपर्नेछ, यहाँ राम्रो भएको छ भनेर । सरकार ट्याक्टरको स्पिडमा छ । मान्छेको अपेक्षाको गतिअनुसार काम हुन सकेको छैन । गति नै पक्रन सकेन ।’

महमन्त्री थापाले युद्धस्तरमा काम गर्नुपर्ने भएपनि नेतृत्व तहबाट काम हुन नसकेको आरोप लगाउनु भयो ।