६ श्रावण २०८३, बुधबार
,
Latest
वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षः पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको चाप



अ+ अ-

काठमाडौँ । विक्रम संवत्अनुसारको नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको छ ।

नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाखौँ भक्तजनको लाम लाग्ने भएकाले बिहान ३ः३० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर राजभण्डारीले जानकारी दिनुभयो ।

नयाँ वर्षको पहिलो दिन सोमबार पनि परेकाले धेरै भक्तजन पशुपति क्षेत्रमा जम्मा भएका हुन् । आज न पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा भक्तजनको लाम लाग्ने गर्छ । पशुपति क्षेत्रमा आज भारतीय दर्शनार्थीको पनि घुइँचो लागेको उहाँले सुनाउनुभयो । प्रत्येक वर्ष चैत र वैशाख महिनामा भारतीय दर्शनार्थी पशुपतिनाथ र गुह्येश्वरीको दर्शनका लागि धेरै आउने गरेको कोषले जनाएको छ ।

पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरी, जयबागेश्वरी, वत्सलेश्वरी, चन्द्रविनायक, पशुपति क्षेत्र बाहिरका गोकर्णेश्वर, चामुण्डामाई, सुन्दरीमाई, नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली, शोभाभगवती, श्वेतकाली, रक्तकाली, बिजेश्वरीलगायत मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । नयाँ वर्षको सूर्योदयसँगै नित्य कर्म सकी मठमन्दिरमा पूजा, आराधना र दर्शन गर्न जाने बढी हुने भएकाले काठमाडौँ उपत्यकाका मठमन्दिरमा भक्तजनको घुइँचो देखिएको हो ।




भर्खरै