२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षः पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको चाप



अ+ अ-

काठमाडौँ । विक्रम संवत्अनुसारको नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको छ ।

नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाखौँ भक्तजनको लाम लाग्ने भएकाले बिहान ३ः३० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर राजभण्डारीले जानकारी दिनुभयो ।

नयाँ वर्षको पहिलो दिन सोमबार पनि परेकाले धेरै भक्तजन पशुपति क्षेत्रमा जम्मा भएका हुन् । आज न पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा भक्तजनको लाम लाग्ने गर्छ । पशुपति क्षेत्रमा आज भारतीय दर्शनार्थीको पनि घुइँचो लागेको उहाँले सुनाउनुभयो । प्रत्येक वर्ष चैत र वैशाख महिनामा भारतीय दर्शनार्थी पशुपतिनाथ र गुह्येश्वरीको दर्शनका लागि धेरै आउने गरेको कोषले जनाएको छ ।

पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरी, जयबागेश्वरी, वत्सलेश्वरी, चन्द्रविनायक, पशुपति क्षेत्र बाहिरका गोकर्णेश्वर, चामुण्डामाई, सुन्दरीमाई, नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली, शोभाभगवती, श्वेतकाली, रक्तकाली, बिजेश्वरीलगायत मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । नयाँ वर्षको सूर्योदयसँगै नित्य कर्म सकी मठमन्दिरमा पूजा, आराधना र दर्शन गर्न जाने बढी हुने भएकाले काठमाडौँ उपत्यकाका मठमन्दिरमा भक्तजनको घुइँचो देखिएको हो ।