५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनको सुमीमा रुसी आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु, ८३ घाइते



अ+ अ-

एजेन्सी । युक्रेनको सुमी शहरको मध्यभागमा आइतबार भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको युक्रेनी आकस्मिक सेवाले जनाएको छ ।

“रुसी ब्यालेस्टिक क्षेप्यास्त्र शहरको मध्य क्षेत्रमा मानिसहरूको बाक्लो आवतजावत भइरहेको क्षेत्रमा प्रहार गरिएको थियो,” सेवाले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ । “प्रारम्भिक तथ्याङ्कअनुसार अहिलेसम्म २१ जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन्,” उहाँले भन्नुभयो।

आइतबार भएको आक्रमणमा परी घाइते हुनेको सङ्ख्या ८३ पुगेको किएभले जनाएको छ ।

“सात बालबालिकासहित ८३ जना घाइते भएका छन्,” गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उद्धार कार्य जारी छ।”