९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

इजरायली सेनाद्वारा गाजास्थित अस्पतालमा आक्रमण

इजरायली सेनाद्वारा गाजास्थित अस्पतालमा आक्रमण
Smoke rises following an Israeli bombardment in the Gaza Strip, as seen from southern Israel, Wednesday, March 19, 2025. (AP Photo/Ariel Schalit)
अ अ+ अ-

एजेन्सी । आइतबार भएको इजरायली आक्रमणमा गाजाको एक प्रमुख स्वास्थ्य केन्द्रको सघन उपचार तथा शल्यक्रिया विभाग ध्वस्त भएको गाजामा कार्यरत नागरिक सुरक्षा निकायले दाबी गरेको छ ।

क्षेप्यास्त्र प्रहारपछि गाजास्थित अल अहली ब्याप्टिस्ट अस्पतालबाट भीषण आगो र धुवाँको मुस्लो उडिरहेको भिडियो अनलाइनमा सार्वजनिक भएको छ ।

भिडियोमा केही बिरामीसहित धेरै मानिस घटनास्थलबाट भागिरहेको देखिन्छ । हमासले उक्त आक्रमणलाई ‘भयानक अपराध’ भनेको छ ।

एक स्थानीय पत्रकारका अनुसार इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले एक चिकित्सकलाई बोलाएर अस्पताल खाली गर्न चेतावनी दिएको थियो ।

नागरिक आपतकालीन सेवाका अनुसार आक्रमणमा कुनै मानवीय क्षति भएको छैन ।

अस्पतालमा कार्यरत एक स्थानीय पत्रकारका अनुसार इजरायली सेनाका एक अधिकारीले आकस्मिक विभागका एक चिकित्सकलाई बोलाई अस्पताललाई तत्काल खाली गर्न भनेका थिए ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले आफ्नो सेनाले चाँडै नै गाजाको अधिकांश भागमा आक्रमण बढाउने घोषणा गर्नुभएको छ ।

काट्जले इजरायली रक्षा बल (आईडीएफ) ले गाजा पट्टीको दक्षिणी भागमा रहेको राफा र खान युनिस शहरको बीचमा रहेको ‘सुरक्षा क्षेत्र’ कब्जा गरेको पनि बताउनुभयो ।

इजरायली सेनाले खान युनिस र आसपासका क्षेत्र खाली गर्न पनि आदेश जारी गरेको छ । आदेशमा भनिएको छ, “इजरायली सेनाले गाजाबाट भएको हवाई आक्रमणको जवाफमा आक्रमणको तयारी गरिरहेको छ, जसको जिम्मेवारी हमासले लिएको छ ।”

दुई महिनाको युद्धविरामपछि मार्च १८ मा इजरायलले हमासविरुद्ध पुनः आक्रमण सुरु गरेको थियो ।

त्यसयता इजरायलले गाजाको ठूलो भूभाग कब्जा गरेको छ, जसले गर्दा लाखौं मानिस विस्थापित भएका छन् ।