१७ भाद्र २०८३, बुधबार
,
Latest
बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेप्सीकोला टाउनप्लानिङबाट ६० लाखभन्दा बढी लुटियो, २० जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले लुटपाटको आरोपमा २० जनालाई पक्राउ गरेको छ । पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

बुधबार राति करिब ९ बजेतिर एक व्यक्तिको दुई वटा झोलामा रहेको उक्त रकम लुटपाट भएको थियो । लुटपाट घटनामा अनुसन्धान भइरहेको भन्दै प्रहरीले यसबारे थप जानकारी सार्वजनिक गरेको छैन ।

प्रहरी स्रोतका अनुसार लुटपाट भएको बताउने व्यक्ति बौद्ध बस्ने रितेश लामा रहेका छन् । रकम लुटिएपछि बुधबार राति नै उनी काँडाघारीस्थित प्रहरी प्रभागमा गएर घटनाबारे जानकारी गराएका थिए ।

जग्गाको बैना गर्न रकम लिएर आउनु भनेपछि उनी रकम लिएर गएका थिए । आफ्नो कारमा दुई वटा झोलामा ६० लाख रुपैयाँ लिएर गएको उनी बताउँछन् ।

जग्गाको टाउन प्लानिङमा पुगेपछि जग्गाबारे एक व्यक्तिसँग कुराकानी गर्दैगर्दा ८–१० जनाको समूह आएको र गाडीमा रहेको दुई वटा झोलोको रकम लुटेको उनले बताएका छन् ।

त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सिसिटीभी फुटेजमा देखिएअनुसार लुटेरा समूह मोटरसाइकल र स्कुटरमा चढेर फरार भएका थिए ।

पक्राउ परेका २० जनाबाट प्रहरीले ३० लाख रुपैयाँ बरामद समेत गरिसकेको छ । एउटा झोलामा रहेको २८ लाख ५० हजार एकमुस्ट भेटिएको छ । बाँकी रकम भने साँखु लगेर बाँडफाँड गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बताएका छन् ।

लामाले ६० लाख लुटिएको बताएपनि पछि हिसाब गर्दा भने ७६ लाख रहेको दाबी गरेको प्रहरीले बताएको छ ।

उक्त रकमबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ । उक्त रकम किन उनले नगदै बोकेर हिँडे र रकमको स्रोत के हो भन्नेबार समेत प्रहरीले अनुसन्धान अघि बढाउने भएको छ ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।