१२ श्रावण २०८३, मंगलवार
,
Latest
उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष लिङ्देनद्वारा स्वर्गीय पत्रकार सुरेशको परिवारसँग भेट, परिवारद्वारा शहीद घोषणा र न्यायिक छानबिनको माग



अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, बागमती प्रदेशका सभामुख भुवन पाठकसहितको टोलीले चैत १५ गतेको तीनकुने-घटनामा ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकका परिवारलाई भेट्नु भएको छ ।

सनिबार दिउँसो स्वर्गीय पत्रकार रजकको ताहचल स्थित निवासमा पुगेर उहाँहरुले भेट्नुभएको हो ।

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको निधन भएको थियो।

शोकाकुल परिवारसँग भेटका क्रममा अध्यक्ष लिङ्देनले दिवंगत पत्रकार सुरेश रजकप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै दुखद घटनाको कडा भर्त्सना गर्नुभयो। उहाँले पार्टीले स्व. रजकको घटनालाई लिएर गम्भीर चासो लिएको बताउँदै संसद र सडक दुवै माध्यमबाट निरन्तर आवाज उठाइरहेको स्पष्ट गर्नुभयो।

स्व.रजकको परिवारले सुरेशलाई शहीद घोषणा गर्नुपर्ने र घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेका छन्। अध्यक्ष लिङ्देनले परिवारको मागप्रति समर्थन जनाउँदै राप्रपाले यस विषयमा पार्टी बैठकबाट औपचारिक निर्णय गरिसकेको र आगामी दिनहरूमा पनि मुद्दालाई सशक्त रूपमा उठाइरहने प्रतिबद्धता जनाउनुभयो।