२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह



अ+ अ-

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जैनधर्मका प्रवर्तक महावीरको जीवनीबाट अहिंसा र सामाजिक सत्कर्मको बाटोमा हिँड्ने प्रेरणा लिनुपर्ने बताउनुभयो । जैन श्वेताम्बर तेरापन्थीसभा वीरगन्जले महावीर जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अहिंसाको सत्मार्गलाई सबैले पालना गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

“मानवजाति पछिल्लो समय विभिन्न भागदौड र प्रतिस्पर्धामा जुटिरहेको अवस्था छ । यस्तो समयमा भगवान् महावीरका उपदेश उत्तिकै व्यावहारिक र सान्दर्भिक छन्”, मुख्यमन्त्री सिंले भन्नुभयो, “जैन संस्कृति र सभ्यतालाई नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजान जरुरी भइसकेको छ ।”

उहाँले अहिंसा र मानवतावाद नै अहिलेको आवश्यकता रहेको धारणा राख्नुभयो ।

फरक प्रसङ्गमा मुख्यमन्त्री सिंहले पर्साको सिर्सिया नदीको प्रदूषणलाई स्थानीय र प्रदेश सरकारले हातेमालो गरेर स्वच्छ र हराभरा बनाउनुपर्ने धारणा राख्नुभयो । “सिर्सिया नदी कुनै कालखण्डमा स्वच्छ र पवित्र नदी भएकाले यहाँ स्नान गरेमा पनि विभिन्न खालका रोगव्याधी निको हुने जनविश्वास रहेको थियो तर त्यस्तो रहेन, प्रदूषणका कारण निकै समस्या भएको छ । अब सबै मिलेर यसलाई सफा गर्नेतर्फ अग्रसर हुन जरुरी छ ।”

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले भगवान् महावीरको अहिंसाको बाटोलाई सबैले अनुशरण गर्नुपर्ने बताउनुभयो । “जैन धर्मावलम्बीहरु यहाँ न्यून सङ्ख्यामा भए पनि गुणात्मक खालको काम गर्दै आइरहनुभएको छ । आगामी दिनमा पनि सामाजिक र अन्य प्रेरणादायी काम गर्दै अघि बढ्न अनुरोध गर्दछु”, उहाँको भनाइ थियो ।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देविसहाय मिनाले महावीरका सत्कर्म र भावनालाई व्यवहारिक जीवनमा उतार्नुपर्ने बताउनुभयो । जैन श्वेताम्बर तेरापन्थी महासभाका उपाध्यक्ष अशोककुमार वैदले महावीरले अपनाउनुभएको अहिंसावादी विचारको प्रचार र अनुशरणको आवश्यकता औँल्याउनुभयो । भगवान् महावीरले अहिंसा, सत्य अपरिग्रह, अनेकान्तवाद र ब्रह्माचार्य आदर्शलाई प्रतिपादन गर्नुभएको त्यस अवसरमा जानकारी दिइयो ।