१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याईयो



अ+ अ-

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइएको छ ।

प्रहरीले उनलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर बुद्ध एअरको जहाजमार्फत शुक्रबार  काठमाडौँ ल्याएको हो ।

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीहरुको आन्दोलनको क्रममा प्रसाईंले निषेधित क्षेत्र तोडेर गाडी चलाएका थिए । त्यसपछि प्रसाईं फरार रहेका थिए । उनी भारतको आसामबाट पक्राउ परेका थिए ।