२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु

पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्न महानगरप्रमुखको निर्देशन

पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्न महानगरप्रमुखको निर्देशन
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।

आज पुरातात्विक महत्त्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उहाँले पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्नुपर्नेमा जोड दिनुभयो ।  उक्त हिटी कामपाको वडा नम्बर ७ गङ्गाहिटी मार्गमा पर्दछ । अनुगमनका क्रममा प्रमुख शाहले हिटीको प्राचीन पहिचान, उपयोग र अतिक्रमण, पानीको प्रवाह र निकासका बारेमा जानकारी लिनुभएको थियो ।

भैरव हिटीभन्दा माथिल्लो भूगोलमा रहेको गङ्गाहिटीमा आउने पानीलाई भैरव हिटीमा आउने पानीको स्रोतका रूपमा उपयोग गर्न सुझाव प्राप्त भएपछि प्रमुख शाहले पुरानो पानीको स्रोत पहिचान गरेर उपयोगको सम्भावना खोज्न निर्देशन दिनुभएको हो ।

कामपा–७ का वडाध्यक्ष विमलकुमार होडाका अनुसार वडामा करिब १२ हिटी छन् । जसमध्ये आठ अस्तित्वमा छन् । वाहिटी, गङ्गाहिटी, गणेशधारा, भैरव हिटी र मित्र धारा वडामा भएका हिटी रहेका भन्दै सङ्कटमा रहेका हिटीहरूको पुनरुत्थान र अस्तित्वमा नभएका हिटीहरूको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

“स्थानीय प्रतिनिधि र स्थानीयवासीले दिएको सूचनाका आधारमा कामपाले पुरिएको अवस्थामा हिटी फेला पारेको थियो । हिटीमाथि दुईतले पक्की संरचना थियो । यो संरचनालाई टोल सुधार समितिले भोगचलन गर्दै आएको थियो । यसको माथिल्लो तलामा कार्यालय र जमिन तलामा व्यावसायिक सटर थिए”, उहाँले भन्नुभयो ।

टोल सुधार समितिको समन्वयमा पक्की संरचना हटाएर हिटीको उत्खनन सुरु गरिएको हो । सम्पदा तथा पर्यटन विभागले यही चैत १० गतेदेखि दैनिक १० जना कामदार परिचालन गरेर उत्खनन गरिरहेको छ । उत्खननका क्रममा अहिलेसम्म हिटीको ‘माअप्पा’ (मुख्य पर्खाल) र ढुङ्गेधारा भेटिएको छ । करिब सात फिट गहिराइसम्मको उत्खननपछि यी संरचना भेटिएका हुन् ।

अभिलेख उद्धृत गर्दै सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राईले भन्नुभयो, “यो अठारौँ शताब्दीमा निर्माण गरिएको हो । विसं १९४० मा यसको जीर्णोद्धार गरिएको पाइन्छ । हिटीको लम्बाइ २५ फिट तीन इञ्च र चौडाइ १५ फिट रहेको विवरण छ । उत्खनन कार्य नियालिरहेका स्थानीयका अनुसार २०२८ सालतिर चक्रपथको काम गर्दा पानीको स्रोत बन्द भयो । अहिले यहाँ खानेपानीको पाइप जडान भएको छ ।”

शैक्षिक गुणस्तरका लागि चार हजार बढी शिक्षकलाई तालिम
काठमाडौँ महानगरपालिकाले शैक्षिक गुणस्तर विकास र नतिजा सुधारका लागि विद्यालयका शिक्षकहरूलाई विभिन्न विधामा तालिम आयोजना गर्ने भएको छ ।   चार हजार ८० शिक्षकलाई लक्षित मानेर तालिम सञ्चालनको तयारी गर्न लागिएको कामपा सहरी योजना आयोगका सहायकविज्ञ विवेक बास्तोलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी वैशाख ८ गतेदेखि सुरु हुने तालिमका सातवटा क्षेत्र रहनेछन् । तालिममा सहभागी हुन शिक्षकले ‘अनलाइन’बाट आवेदन दिनुपर्नेछ । सामुदायिक र संस्थागत दुवै प्रकारका विद्यालयमा अध्यापन गर्ने शिक्षकले आवेदन दिन पाउने बताउँदै उहाँले आवेदनको अन्तिम मिति वैशाख २ गतेसम्म रहेको जानकारी दिनुभयो ।

आवेदन दिँदा नाम थर, स्थायी ठेगाना, फोन नम्बर, इमेल ठेगाना, काम गरिरहेको शिक्षण संस्थाको नाम र ठेगाना, शिक्षण संस्थाको प्रकार (सामुदायिक वा संस्थागत), शिक्षण पेसामा काम गरिरहेको प्रमाण, नागरिकताको प्रमाणपत्र, परिचयपत्र वा नियुक्ति पत्रलगायत विवरण भर्नुपर्छ”, बास्तोलाले भन्नुभयो ।

आगामी वैशाख ८ गतेदेखि सुरु हुने तालिममा कक्षा ४ देखि १० सम्मका शिक्षकहरू एकीकृत सिकाइ, आन्तरिक मूल्याङ्कन नतिजा सुधारका लागि वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ ।

यही समूहका लागि वैशाख १३ देखि १५ गतेसम्म प्रश्नपत्र निर्माण तथा विश्लेषण तालिम हुनेछ । तालिमका लक्षित सहभागी शिक्षक क्रमशः ५४० र एक हजार २९० जना हो । यही समूहका शिक्षक सिकाइमा सूचना प्रविधिसम्बन्धी तालिम वैशाख १६ गतेदेखि सुरु हुनेछ । चारदिने यो तालिममा ४५० शिक्षक सहभागी  हुनेछन् ।

कक्षा १ देखि ३ सम्मका शिक्षकलाई एकीकृत पाठ्यक्रम र प्रारम्भिक बाल विकास तथा शिक्षाका सहजकर्ताको वैशाख ८ गते सुरु हुने तालिम वैशाख २८ गतेसम्म सञ्चालन हुने कामपा सहरी योजना आयोगका सहायकविज्ञ बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार यी दुवै शीर्षकका हरेक तालिममा ४८०/४८० जना शिक्षकलाई सहभागी हुनेछन् ।

कक्षा ४ देखि ८ सम्मका शिक्षकहरूका लागि पुस्तकबिनाको सिकाइ (बुक फ्री फ्राइडे) सिर्जनात्मक सिकाइसम्बन्धी तालिम वैशाख २१ गते प्रारम्भ हुनेछ । तीन सय शिक्षकलाई सहभागी गराउने लक्ष्य राखिएको यो तालिम आगामी जेठ ४ गते सम्पन्न हुनेछ । यही समूहका शिक्षकलाई वृत्ति मार्गनिर्देशन तथा मनोसामाजिक परामर्शसम्बन्धी तालिम आगामी जेठ ४ गते सुरु भएर ८ गते समापन हुनेछ । यसमा ५४० जना शिक्षक सहभागी  हुनेछन् । रासस