२८ भाद्र २०८३, आईतवार
,
Latest
लिङदेनको दाबी : ‘जेन–जी’ विद्रोहपछि आशा होइन, अनिश्चितता बढ्यो बृहत् पुतली गणना अभियान सुरु-तस्बिरहरू एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव स्वयम्भूमा एक महिनाको मेला सम्पन्न जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार प्रधानसेनापति सिग्देल चीन प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०३६ ओलम्पिक आयोजना गर्ने दक्षिण कोरियाको ‘दृढ इच्छा’



अ+ अ-

एजेन्सी । दक्षिण कोरियाली अधिकारीहरूले यस हप्ता अन्तर्राष्ट्रिय ओलम्पिक समितिको मुख्यालयको भ्रमणका क्रममा सन् २०३६ को ग्रीष्मकालीन खेलहरू आयोजना गर्न देशको ‘दृढ इच्छाशक्ति’ व्यक्त गरेको खेलकुद प्रमुखहरूले बुधबार बताएका छन् ।

फेब्रुअरीमा उत्तर जियोला प्रान्त र यसको राजधानी जियोन्जुले सन् २०३६ मा ओलम्पिक आयोजना गर्ने दौडमा दक्षिण कोरियाको उम्मेद्वारका रूपमा सियोललाई हराएका थिए ।

कोरियाली खेलकुद तथा ओलम्पिक कमिटी (केएसओसी)का अध्यक्ष र्‍यु सेउङ–मिनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले मङ्गलबार लुजानमा आइओसीका निवर्तमान प्रमुख थोमस बाखलाई भेटवार्ता गरेको थियो ।

“र्‍यु र उहाँका सहकर्मीहरूले सरकार, खेलकुद समुदाय र स्थानीय सरकारसँग ओलम्पिक आयोजना गर्न दृढ इच्छाशक्ति रहेको कुरा प्रस्तुत गर्नुभएको छ”, केएसओसीले एक विज्ञप्तिमा भनेको छ, “विशेषगरी उहाँहरूले जियोन्जुको ऐतिहासिक र सांस्कृतिक सम्पदा र दिगो पूर्वाधारमा आधारित आयोजक सहरका रूपमा उपयुक्ततामा जोड दिनुभयो ।”

सियोलले सन् १९८८ मा ग्रीष्मकालीन ओलम्पिक आयोजना गरेको थियो ।

धेरै देशले सन् २०३६ को खेलहरू आयोजना गर्न चासो व्यक्त गरेका छन् । तिनीहरूमध्ये भारत र दक्षिण अफ्रिका जस्ता सम्भावित पहिलो–पटकका आयोजकहरू पनि छन् ।