५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनका २७९ उद्योग बन्द



अ+ अ-

चितवन । उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि यता जिल्लाका विभिन्न स्थानमा दर्ता भएका ती उद्योग बन्द (लगत कट्टा) गरिएको हो । गत वर्ष सोही अवधिमा १८१ उद्योग बन्द भएका थिए ।

कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार वैदेशिक प्रयोजनाका लागि दर्ता गरिएका अधिकांश उद्योग बन्द भएका हुन् । कतिपय सञ्चालन हुन नसकेर पनि बन्द भएका छन् । उहाँका अनुसार यस वर्ष २७३ नयाँ उद्योग दर्ता भएका छन् । निजी फर्ममा २६२, सामुदायिक फर्ममा सात र प्राइभेट लिमिटेडमा चार उद्योग दर्ता भएका छन् ।

यो सङ्ख्या गत वर्ष सोही अवधिमा ३२९ उद्योग दर्ता भएर सञ्चालनमा आएका थिए । उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटनमूलक र सेवामूलक उद्योग बन्द भएका हुन् । वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उहाँले बताउनुभयो । उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरुको सङ्ख्या उच्च रहेको उहाँले बताउनुभयो ।

यस आर्थिक वर्षमा दुई हजार १६७ उद्योग नवीकरण भएका छन् । त्यसमध्ये नौ वटाले नामसारी गरेका छन्भने ३१ वटाले ठाउँसारी गरेका छन् । यस्तै २८ वटाले कारोबार संशोधन, सुविधा सिफारिस तिनले लिएको कुमालले जानकारी दिनुभयो ।