२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुमतिबिना बन्दुक बोकेको अभियोगमा पक्राउ



अ+ अ-

बैतडी । अनुमतिबिना बन्दुक बोकेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ दाडीमगडाका ५५ वर्षीय राजबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई एक थान भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा स्थानीय दल्ला भन्ने ठाउँबाट पक्राउ गरेको हो । रातिको समयमा बन्दुकसहित हिँडिरहेको अवस्थामा देखेपछि निजलाई पक्राउ गरिएको हो ।