४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्छ : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्छ : स्वास्थ्यमन्त्री ढकाल
अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा सरकारसँग रहेको बताउनुभएको छ ।  

सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमताको विकास गरेको मन्त्री ढकालले बताउनुभयो । न्यूज एजेन्सी नेपालका संबाददातासँगको कुराकानीमा मन्त्री ढकालले सरकारले दैनिक १८ हजार जनासम्मको परीक्षण गर्न आवस्यक सबै सामग्रीलाई तयारी अवस्थामा रोखेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीसँग क्षमताको हिसाबले कुरा गर्दा १८ हजार प्लसमा हामी पुगेका छौं र यो १८ हजारको क्षमतामा हामी प्रतिदिन त्यसको रिपोर्ट दिन सक्छौं भन्नुको अर्थ सामग्री पनि त्यही भोलुममा चाहिन्छ भन्ने कुरालाई हामीले हेक्का राखेका छौं ।’

६ लाख जनसंख्याको पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरिरहेको समेत मन्त्री ढकालले बताउनुभयो । अहिले सम्म ३ लाख ७० हजार भन्दा बढीको पीसीआर परीक्षण भइसकेको र त्यसलाई ६ लाख पुर्याउने तयारी स्वरुप सरकार अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो ‘सम्माननीय प्रधानमन्त्रीले संसदमा बोल्दा खेरी नै जनसंख्याको दुई प्रतिशतलाई हामीले परीक्षणको दायरामा ल्याउँछौं भनेर उहाँले भन्नुभएको छ । हामीले त्यसलाई ६ लाखको संख्यामा बुझेका छौं र ६ लाख पीसीआर प्रविधिबाट परीक्षण गर्ने सामथ्र्य सहित रहनुपर्छ भन्ने विषयको तयारीमा मन्त्रालय छ । अहिले सम्म मलाई लाग्छ हामी ३ लाख ७० हजार भन्दा बढी नै छौं । यसले गर्दा ६ लाख सम्म गराउने खालको जोहो गरेर नै हामी बसेका छौं ।

उहाँले परीक्षण नगरेको कारणले रिपोर्टहरु कम भएको भन्ने कुरा सत्य नभएको बताउनुभयो । तर सबै ठाउँमा पुगेर परीक्षण गरिएको दावि नगरिएको समेत उहाँले बताउनुभयो । सरकारले बनाएको मापदण्ड अनुसार नै परीक्षण भएको उहाँको दावि छ । उहाँले भन्नुभयो ‘परीक्षण नगरेको कारणले अथवा परीक्षण कम गरेको कारणले रिपोर्ट कम भयो भन्ने खालको कुरा सत्य होइन । त्यो यथार्थमा आधारीत छैन् । यसको अर्थ पुग्नुपर्ने सबैठाउँमा पुगेर हामीले गरेका छौं यो मेरो दावि होइन् । तर हामीले जे क्राइटेरिया बनाएका छौं अहिले सम्म त्यसका आधारमा हामीले गरेका छौं ।’

काठमाडौं उपत्यकामा संक्रमण फैलिएको सम्बन्धमा मन्त्री ढकालले सरकार नयाँ रणनीति अनुसार नियन्त्रण गर्ने गरी अगाडि बढ्न लागेको बताउनुभयो । बाहिरि जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जाने लगायतका विषयलाई अगाडि बढाइने बताउनुभयो । अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्वारेन्टाइनमा राख्ने खालको व्यवस्थापनमा हामीले जोड दिनुपर्छ । दोस्रो गाडि चलाउने कुरामा पनि भरमजदुर भन्दा पनि जोर बिजोर प्रणालीको कुरा गरियो भने त्यसले एकहद सम्म आवस्यकतालाई पनि पूर्ति गर्न सक्छ । अति आवस्यक भएको ठाउँमा हामीले पीसीआर टेस्टको निम्ति स्वाब कलेक्सन गर्ने खालको निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाएर तल सम्म जाने खालको कुरालाई गर्नुपर्छ । यस्तो खालको काम गरेर बाहिर र भित्रको सम्बन्धको बारेमा क्लियारिटी गरेर होम क्वारेन्टीनको कुरो अथवा स्थानीय क्वारेन्टीनको ग्यारेन्टी भएपछि मात्रै गर्ने खालको कुरा गरिएन भने जति जनसंख्या बेसी यति सघन मात्रामा रहेको काठमाडौंमा आगो सल्कियो अथवा डढेलो लाग्यो भने त्यो डढेलो निभाउने कुरा अरु बाहिर गाउँमा अथवा सानो सहरमा भएको भन्दापनि यो विस्फोटक हुन सक्छ ।’

सरकारले लागू गरेका नियम र मापदण्डहरुलाई पालना नगर्दा फेरी संक्रमणको स्थिति बढ्ने अवस्थामा देखिएको उहाँले बताउनुभयो । लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको बताउनुभयो । काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘बाहिरबाट कोही आउँछ भने काम गर्ने जस्तो उद्योगकै कुरा गरौं न कामदारहरु आउँछ भने १४ दिन क्वारेन्टाइन बसेर मात्रै काममा हाजिर हुने भन्ने खालका जे हामीले नियम बनायौं त्यो नियमचाहिं पालना भएन् । दोस्रो हिजो लकडाउन लकडाउनहरु आउँदै आउँदैन थियो उडेर आउने खालको संक्रमण यतिकै रोकिएको थियो सीमामा जुन तल मात्रै जोखिम थियो राजधानी चाहिं एकखालको फिल्टर भएर मात्रै आउने कुरा हुन्थ्यो भने अहिले लकडाउन खुकुलो बनाएपछि प्रत्येक दिन गाडिबाट मान्छेहरु आउँदा संक्रमित ठाउँबाट मान्छेहरु आउने भएको छ भन्ने कुरा त नाकामा परिक्षण गरेको कारणले पनि पुष्टि भयो ।’

उहाँले संक्रमण बढी देखिएका जिल्लाहरुलई अनुगमन र मूल्याङ्कन गरी कडाई गर्ने र जिल्ला स्तरिय लकडाउनलाई कार्यान्वयन गर्ने कुरामा सरकारले जोड दिएको बताउनुभयो । विरगंजमा देखिएको संक्रमणको स्थिति हेर्दा त्यहाँ सिल गरेर जानुपर्ने र आवतजावतलाई पूर्णरुपमा बन्द गर्नुपर्ने भएको छ । त्यस्तै काठमाडौंका विभिन्न नाकामा स्वाब संकलन गरिएकाहरुमा पनि संंक्रमण देखिएकाले काठमाडौं भित्र आउने सबैलाई होम क्वारेन्टाइन अथवा स्थानीय क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिने बताउनुभयो । उहाँले भन्नुभयो ‘५ सय भन्दा बेसी केसहरु भएका जिल्लाहरु २ सय भन्दा बेसी केस भएका जिल्लाहरुमा चाहिं त्यहाँ अनुगमन गर्ने र मुल्याङ्कन गर्ने र कडाई गर्ने खालको कुरा अथवा जिल्लास्तरीय लकडाउन गर्ने कुरा हुन्छकी त्यो भन्दा बेसी कुनै एउटा क्षेत्रमा मात्रै जस्तो विरगंजमा अहिले जुनखालको संक्रमण देखिएको छ । त्यस्तोमा सिल गरेरै आवतजावतलाई रोक्नुपर्छ की भन्ने कुरा र अहिले पछिल्लो काठमाडौंका विभिन्न नाकाहरुमा स्वाब टेस्ट गर्दाखेरी जो मान्छेहरुमा पोजेटिभ देखियो यसले गर्दा काठमाडौं भरिमै र बाहिरिने खालको कुरामा पनि होम क्वारेन्टाइन तथा स्थानीय क्वारेन्टाइनमा बस्ने स्वीकृतिको अनिवार्य गर्ने कुराले् मात्रै संक्रमण नियन्त्रण गर्न सकिन्छ कि भन्ने विषयमा पनि हामी छलफल गरेका छौं ।’

उच्च जोखिम भएका स्थानमा नीतिगत निर्णयहरु मात्र गरेर नभई सामग्रीहरुको उपलब्धतामा समेत सकरारले ध्यान दिएको मन्त्री ढकालले बताउनुभयो । जनशक्ति र अन्य व्यवस्थापनको काममा काबु भन्दा बाहिर जान नदिन सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘जुन ठाउँमा उच्च जोखिम हुन्छ त्यसमा नीतिगत हिसाबका निर्णयहरु मात्रै होइन सामग्रीहरुको उपलब्धता मात्रै होइन जनशक्ति र अन्य व्यवस्थापनको काममा पनि हामी लागेका छौं यसर्थ यसलाई काबु भन्दा बाहिर जान नदिने गरीनै सरकारको तर्फबट एकीकृत ढंगले लागेका छौं ।’

लकडाउन भन्दा अघि कोरोना संक्रमणको अवस्थालाई लिएर सबैमा भय र त्रास रहेको र लकडाउनमा सबै नागरिकले साथ दिएकाले नियन्त्रण र व्यवस्थापनामा केही हद सम्म सफल भएको बताउनुभयो । तर लकडाउन खोलेपछि पछि मानिसहरुले सुरक्षा सावधानीहरुलाई उलङ्घन गरेकाले स्थिति खराब बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले लकडाउन अलि खुकुलो गरेपछि र पछिल्लो दिनमा करिब २० हजार भन्दा माथि संक्रमणको स्थिति पुग्दाखेरी अब यो केही होइन रहेज जस्तो गरेर बाहिर कोरोना हाम्रो देशमा छैनकी जस्तो गरेर हामीले अपनाउनुपर्ने सुरक्षा सावधानीहरुका कुराहरुलाई चाहि उलङ्घन गरियो भने यसले जुनकुनै बेलापनि हामीलाई विस्फोटको स्थितिमा पु¥याउन सक्छ । यो सरकारको लागि मात्र होइन यो तपाई हामी सबैका लागि हो भन्ने अर्थमा यो आव्हानलाई कार्यान्वयन गर्ने कुरामा दृढतापर्वक इच्छा शक्तिका साथ सबैको सहयोगको लागि म अपिल गर्न चाहन्छु ।’

मन्त्री ढकालले सीमा बाहिरबाट आउने वयक्तिहरुलाई होल्डिङ क्वारेन्टाइनमा राख्ने र परीक्षण गराउने काम भएको र विदेशबाट प्लेनमा आउनेहरुलाई पनि ५ दिन सम्म काठमाडौंमा राखेर परीक्षण गरेपछि मात्रै स्थानीय क्वारेन्टाइनमा पठाउने व्यवस्था गरिएकाले त्यो जोखिम कम रहेको बताउनुभो । उहाँले भन्नुभयो ‘पछिल्लो दिन हामी सीमा बाहिरबाट आउने व्यक्तिहरुलाई होल्डीङ क्वारेन्टाइन मै राखेर परिक्षण गराउने र विदेशबाट प्लेनको माध्यमबाट आउने व्यक्तिहरुको हकमा काठमाडौंमा राखेर ५ दिनको क्वारेन्टाइनपछि परीक्षण गरेपछि मात्रै नेगेटिभ हरुलाई सम्बन्धित ठाउँको क्वारेन्टीनमा पठाउने व्यवस्था गर्ने र बाँकी पोजेटिभहरुको हकमा आइसोलेसन सेन्टर वा अस्पतालमा जाने खालको व्यवस्था हामीले गरेका छौं ।’