२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन



अ+ अ-

काठमाडौँ । हजारौं मोरक्कोलीहरू देशको राजधानीमा भेला भइ गाजामा फेरि शुरु भएको घातक इजरायली आक्रमणको विरोध गरेका छन् ।

प्रदर्शनकारीहरू संसद भवन नजिकै भेला भएका थिए । प्यालेस्टिनी झण्डा फहराउँदै, प्यालेस्टिनी जनतासँग ऐक्यवद्धता जनाउँदै नारा लगाउँदै, इजरायलको गाजा नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गरेका छन् ।

मोरक्कोका अधिकारीहरूलाई इजरायलसँग सबै राजनीतिक सम्बन्ध तोड्न आह्वान गरेका छन् । यो प्रदर्शन मोरक्को फ्रन्ट फर सपोर्टिङ प्यालेस्टाइन एण्ड अगेन्स्ट नर्मलाइजेसनले धेरै स्थानीय मानव अधिकार समूहहरूसँग मिलेर आयोजना गरेको हो ।

इजरायलले मार्च २ देखि गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ ।  पछिल्लो पटकको आक्रमण यता इजरायलले हालसम्म १ हजार ३३५ प्यालेस्टिनीहरूको हत्या गरेको छ । ३ हजार २९७ जना घाइते भएका छन् ।