२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु – फोटो फिचर



अ+ अ-

काठमाडौं । आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ ।

आज अपरान्ह मच्छिन्द्र बहालदेखि  तीनधारा पाठशाला , जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा भएको छ ।

चैत्र २४ गते ५ बजेदेखि ६: ३० बजेसम्मअसन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनछ भने २५ गते ४ बजे देखि ६: ३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ ।

त्यस्तै चैत्र २६ गते साँझ ५: ३० देखि ६: ३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत्र २७गते साँझ ५: ३० देखि ७: ३० बजेसम्म लगन, ज्याबहाल, द्यस् लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम रहेको छ ।

तस्बिर : हरिराम भेटुवाल/ रासस