९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

तीनकुने घटना संविधान र व्यवस्था उल्ट्याउने उद्देश्यले प्रेरित थियोः गृहमन्त्री लेखक

तीनकुने घटना संविधान र व्यवस्था उल्ट्याउने उद्देश्यले प्रेरित थियोः गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रदर्शनबारे जानकारी दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले तीनकुनेमा भएको प्रदर्शनमा संविधान उल्ट्याउने र व्यवस्था मास्ने उद्देश्यले अमर्यादित र हिंसात्मक क्रियाकलापहरु भएको बताउनु भयो । उहाँले राजावादी समूहले शान्तीपूर्ण आन्दोलन गर्ने अनुमति लिएर निजी सम्पती तोडफोड आगजनीमा उत्रिएको बताउनु भयो । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको अभिव्यक्ति, फागुन २५ को प्रदर्शन तथा राजावादी नेताहरुले दिएको अभिव्यक्ति केलाएर हेर्दा संविधान र व्यवस्था उल्ट्याउने उद्देश्य नलुकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तीनकुनेमा भएको प्रदर्शन तथा कार्यक्रम नेपालको वर्तमान संविधानलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको हामीले अवलम्वन गरेको राज्य व्यवस्था र प्रबन्धलाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो । यदि यो शान्तीपूर्ण रुपमा आफ्ना धारणाहरु राख्ने, सरकारलाई खबरदारी गर्ने, आफ्नो विचारहरु अभिव्यक्त गर्ने र सरकारको ध्यानाकर्षण गर्ने उदेद्दश्यले मात्र प्रेरित थियो भन्ने भ्रममा हामी प¥यौं भने ठिक हुदैन । यसको मुख्य उद्देश्य नै संविधान समाप्त गर्ने थियो । यसको मुख्य उद्देश्य नै लाकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र संविधानलाई उल्ट्याउने थियो । यसका बारेमा दुविधा छैन र रहनु हुदैन । फागुन ७ गतेका अभिव्यक्तिहरु, त्यसपछि आफू २५ गतेको प्रदर्शन तथा घटनाहरु ति कुराहरुलाई थप अगाडि बढाउँदै विभिन्न मानिसहरुबाट अभिव्यक्त धारणाहरु, नेतहरु लुक्ने ठाउँ खोज हामी आउँदैछौं भन्ने लगायतका पृष्ठभूमिलाई केलाएर हेर्दा संविधान उल्ट्याउने र यो व्यवस्थालाई समाप्त गर्ने उद्देश्य कहीँ लुकेको छैन ।’

उहाँले प्रदर्शनको नेतृत्व गर्नेहरुले नै भिडलाई हिंसात्मक र निजी सम्पतीमाथि आगजनी गर्न उत्साएको उहाँको आरोप छ ।