९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नाङ्गो भइसकेको तीनकुने घटनाझैँ सरकारले म माथिको पर्साको मुद्दा लुकाएका छौँ भन्ठान्छः रवि लामिछाने

नाङ्गो भइसकेको तीनकुने घटनाझैँ सरकारले म माथिको पर्साको मुद्दा लुकाएका छौँ भन्ठान्छः रवि लामिछाने
file
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाउनुभएको छ । मंगलवार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँगको भेटका क्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

पर्साको विलम्वलाई कसरी हेर्नुभएको छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले तीनकुनेको घटना झैँ सबै नाङ्गो भइसकेपछि पनि सरकार ढाकछोप गरेका छौँ भनेर बसिरहेको टिप्पणी गर्नुभयो । सभापति लामिछानेले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप लगाउनु भयो । उहाँले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद भएकाले संसदमा आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग भेटघाट गरेको बताउनु भयो । संसदको विषय संसदबाट नै निवारण गरौँ भन्ने अभिप्रायका साथ आफूले सभामुख घिमिरेसँग भेट गरेको बताउनु भयो ।

सभापति लामिछानेले भन्नुभयो, ‘सांसद, जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद नै हो । सदनको यो सेसनको पहिलो दिनमा नै मैले प्रक्रियागत रुपमा सम्माननीय सभामुखज्युलाई निवेदन नै दिएको थिएँ । कानूनको मक्सद यो होइन, राजनीतिक प्रतिशोधका कारणले म जन्मनु भन्दा अगाडिको मेरो हजुरबुबाको सम्पतीलाई पनि कसुर मानेर, मेरो विवाह भन्दा अघिको श्रीमतिको सम्पतीलाई पनि कसुर मानेर खालि सांसद पद कसरी निलम्वन गर्न सकिन्छ भन्ने दुषित मनशाय राखि दर्ता मात्र गरिएको, अदालतको ढोकामा टेकाइएको मुद्दाका आधारमा निलम्वन हुनु हुँदैन भनेर कानूनी कुरा राखेको थिएँ । एउटा मान्छे सधैँ अदालत नै जाने, सधैँ झैझगडा नै गर्ने भन्ने हुँदैन । पहिलो संसदको विषय संसदबाट नै निवारण गरौँ भन्ने मेरो अभिप्राय हो ।’

‘म कति ठाउँमा मुद्दा लड्नु भन्ने ठानेर यहाँ नै अपिल गरेको थिएँ । तर एउटा कुरामा सभामुख के सही हुनुभयो भने यसले भोलि प्रतिशोधको रुप लिन्छ है, भोलि यो हतियार प्रयोग गरेर सरकारको संख्या नै तलमाथि हुनसक्ने सम्भावना हुन्छ भन्नुभयो । मैले उहाँलाई त्यसो भए आज सदनमा छलफल गरौँ न । एक पटकमा कति जनासम्मलाई निलम्वन गर्न पाइने हो रु किनभने मुद्दा टेकाइदिए त पुग्यो । मुद्दा किनारा लाग्न कति वर्ष लाग्छ थाहा छ नि । सरकारले भोलि प्रतिष्पर्धा हुँदा अर्को पार्टीको किन आफ्नै पार्टीको नेता प्रतिष्पर्धामा छ भने त्यसलाई सिध्याने हतियार बन्यो । यो अवस्थामा नजाऔँ भनेर अनुरोध गरेको छु । उहाँले सकारात्मक रुपमा लिनुभयो । म यहीँ छु म थुनामा पनि छैन । मलाई चितवनका जनताले दुई दुई पटक मत दिएर जिताएर पठाएका छन् । सरकार फेरि यसो भन्दा थुन्ने कसरी भनेर लाग्ला रु त्यहाँ उता झ्न्ड्याएर राखेको छँदैछ ।’

‘म एउटा कुरा भनेर जान्छु, बिहीवारको दिन म एक जना मान्छे यो देशका चार वटा अदालतमा उपस्थित हुनुपर्छ । सम्भव छ रु पर्साको विलम्वलाई तपाईंहरु र आम नागरिकहरुले जसरी हेरेका छन् त्यसरी नै सामान्य हिसावले हेरेको छु । मैले सकेसम्म कानूनी प्रक्रियाहरु टुंगिउन्, मुद्दा कहाँ लगाउने हो लगाउन्, त्यो सबै सकियोस् भनेर कुरेर बसेको हो । अदालतलाई, प्रक्रियालाई सम्मान गर्नुपर्छ, कतिपय प्रश्न पनि आउलान् भनेर कुरेर बसेको थिएँ । तर सरकारले त्यसलाई हतियार बनाएर राखेर पर्सा झ्न्ड्याइरहेको छ । मान्छे लगाएर हालिएको मुद्दा, हदम्याद छैन । सबै थाहा छ, जगजाहेर छ । सरकार छोपेका छौँ भन्छ, हामी नाङ्गो देखिरहेका छौँ । सरकार छोपेँ भन्ठान्छ, यही तीनकुनेले छोपेको जस्तो । नाङ्गो भइसक्यो, देखिएको छैन ।’

सभापति लामिछानेले आफू अदालती प्रक्रियाको सम्मान गर्दै सबै मुद्दा टुंगिउन् भन्ने उद्देश्यले केही समय राजनीतिक कार्यक्रमहरुमा नदेखिएको बताउनु भयो । पर्साको विषयमा सरकारले आफूमाथि हतियारको रुपमा प्रयोग गरिरहेको जिकिर गर्नुभयो । उहाँले तीनकुने घटना पनि सरकारको तर्फबाटै भएको टिप्पणी गर्नुभयो । उहाँले सबैकुरा देखिसकेपछि सरकार घटना छोप्न लागेझैँ पर्साको आफ्नो विषयमा छोप्ने प्रयासमा लागेको बताउनु भयो ।