४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राष्ट्रिय जनगणनाको १२औँ शृङ्खला पूर्णगणना हुने

राष्ट्रिय जनगणनाको १२औँ शृङ्खला पूर्णगणना हुने
अ+ अ-

काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलामा पहिलोपटक पूर्णगणना गरिने भएको छ । यो जनगणना विसं २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ । यस जनगणनामा सम्पूर्ण घरको प्रयोजनसहितको गणना, प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीको प्रयोग विषयगत प्रतिवेदन र तथ्याङ्कमा सुलभ पहुँच हुने विभागले जनाएको छ । विभागको टोलीले आज राष्ट्रिय समाचार समिति (रासस) सँग आगामी जनगणना, २०७८ को तयारी सम्बन्धमा अन्तक्र्रिया गरी सो सम्बन्धमा भएका कामकारवाहीबारे जानकारी गराएको छ ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले जनगणना तयारीबारे प्रस्तुतीकरण गर्दै हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट मस्यौदा प्रश्नावलीमा सुझावहरु सङ्कलन, तहगत समन्वय, सहकार्य र सहयोगसम्बन्धी अध्ययन प्रतिवेदन तथा प्रदेश सरकारको संलग्नतामा प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रम र ७७ जिल्लामा सचेतना तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिए । केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा गरिने जनगणना विसं १९६८ देखि सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षदेखि तयारी शुरु गरिएको यस गणनामा नेपालको जनसङ्ख्या तीन करोड पुग्ने अनुमान गरिएको छ ।

नेपालमा हालसम्म ११ जनगणनाहरु सम्पन्न भइसकेका छन् । पहिलो जनगणना विसं १९६८ चन्द्रशम्सेरका पालामा भएको थियो । पहिलो चार जनगणनाहरू विसं १९६८, १९७७, १९८७ र १९९८ मा व्यक्ति–व्यक्ति गनेर गरिएको थियो । त्यस्तै विसं २००८ मा पाँचौँ गणनाको तयारी हुँदाहुँदै राणाशासनविरुद्धको जनआन्दोलनले गर्दा गणनाको काम बीचैमा रोकिएको थियो । विसं २००९/११ को गणना (पाँचौं) अन्तर्राष्ट्रियरूपमा तुलनायोग्य, विसं २०४८ गणनामा पहिलोपटक लैङ्गिक तथा समावेशी गरिएको थियो भने विसं २०५८ मा पहिलोपटक राष्ट्रिय दिवसका रूपमा जनगणना दिवस (असार ८ गते) मनाउन थालिएको हो । विसं २०६८ मा जनगणनाको १०० वर्ष पूरा, ११औं जनगणनामा पशुपक्षीको समेत पूर्ण गणना गरिएको थियो भने विसं २०७८ मा हुने गणना सङ्घीय संरचनामा पहिलो जनगणना हुनेछ ।
 
जनगणनाको संस्थागत व्यवस्था हेर्दा सबैभन्दा माथि राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्याङ्क विभाग, सामाजिक तथ्याङ्क महाशाखा, जनसङ्ख्या शाखा, प्रदेश जनगणना कार्यालय, जिल्ला जनगणना कार्यालय, स्थानीय जनगणना कार्यालय रहेको छ । यस गणनामा नौ हजार सुपरीवेक्षक र ४३ हजार गणक रहने लामिछानेले बताए । विभागले विभिन्न जातजाति, भाषा, धर्म, क्षेत्र, वर्ग, अपाङ्गता, बालबालिका तथा ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत नागरिक समाजका सङ्घसंस्था तथा सरोकारवालासँग छलफल तथा अन्तक्र्रिया कार्यक्रमका साथै नमूना ९पाइलट० जनगणना गत असार १५ गते सम्पन्न गरिसकेको छ ।
    
गणनाका समयमा अक्सर बसोबास गर्ने स्थान, छ महिना वा सोभन्दा बढी बसोबास गर्ने वा बसोबास गर्ने मनसाय राखेका व्यक्ति, यस अवधिमा घर नभएका र चलायमान व्यक्तिको गणना जनगणनाको अन्तिम दिन जहाँ भेटिन्छन् त्यहीँबाट गरिने निर्देशक लामिछानेले जानकारी दिए । कार्यक्रममा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राज्यका हरेक नीति र योजनामा जनगणनाबाट प्राप्त हुने तथ्याङ्कको ठूलो महत्व हुने बताउँदै राससले आफ्नो सेवामार्फत जनगणना कार्यमा विभागलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राससका प्रधानसम्पादक श्याम रिमालले आगामी जनगणना सही र तथ्यमा आधारित बनाउन गणकको योग्यता र दक्षतामा ध्यान दिन सुझाव दिएका थिए । राससका कार्यकारी व्यवस्थापक उत्तम सिल्वालले विभागको टोलीलाई राससमा स्वागत गर्दै विभागको दक्ष जनशक्ति र आवश्यक व्यवस्थापनका कारण आगामी जनगणनाबाट सही र गुणस्तरीय परिणाम प्राप्त हुने अपेक्षा गरेका थिए ।