४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हेलिकप्टरबाट उद्धार गरी सुत्केरी गराउन सिन्धुपाल्चोककी एक गर्भवतीलाई काठमाडौं ल्याइयो ।

हेलिकप्टरबाट उद्धार गरी  सुत्केरी गराउन सिन्धुपाल्चोककी एक गर्भवतीलाई  काठमाडौं ल्याइयो ।
अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोककी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । 

पाचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ६ कि ३४ वर्षीय पासाङ लामालाई स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि बिहीबार दिउँसो हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचारको व्यवस्था मिलाइएको हो । 

२१ गते बुधबार बेलुका सुत्केरी व्यथाले च्यापेपछि उनलाई स्थानीय थाङपालधाप स्वास्थ्य चौकी पुर्याइएको थियो । तर पेटमा रहेको शिशुको स्वास्थ्य अवस्था असुरक्षित देखिएको र यस अघि समेत उनले मृत्य बच्चा जन्माएको हुनाले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सिफारिस गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक आत्माराम धितालले जानकारी दिनु भयो । सो सिफारिसबारे मन्त्रालयले जानकारी पाएलगत्तै हवाई उद्धारको आवश्यक व्यवस्था मिलाएको थियो । 

अस्पतालमा पुर्याइएको आधा घण्टा पनि नबित्दै पासाङले बच्चालाई जन्म दिएको अस्पतालले जनाएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाले मन्त्री पार्वत गुरुङलाई सम्पर्क गरेपछि उद्धारका लागि तत्काल आवश्यक व्यवस्था मिलाइएको थियो । 

यस मन्त्रालय अन्तरगतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हेलिकप्टरबाट उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ । हालसम्म ११९ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था मिलाइएको कार्यक्रम समन्वय इकाईकी प्रमुख महिला विकास अधिकृत अञ्जु ढुंगानाले बताउनु भयो ।