२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र शाहले जनताको घर जलाउन पठाएः एमाले सांसद भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पुर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेको भन्दै उहाँलाई दिएको सेवा सुविधा कटौति गर्नेबारे सोच्नुपर्ने बताउनु भयो । उहाँले पूर्वराजाले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेकोले उहाँलाई दिइएको सेवा सुविधा कायम रहन्छ कि रहँदैन?भन्दै प्रश्न गर्दै सरकारसँग जवाफ माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पूर्वराजा शाहलाई सरकार पूर्वराष्ट्राध्यक्षको हिसावले यो राज्यले सेवा सम्मान दिन्छ भनेर दिएको हो । आज त्यो सम्झौता पनि ज्ञानेन्द्र शाहले भंग गर्नुभयो । त्यसैले आज म यो संसदमार्फत प्रश्न गर्न चाहन्छु । सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुदैन ? म सरकरालाई सोध्न चाहान्छु । उहाँले सम्झौता भंग गर्नुभयो । उहाँले लफंगाहरुलाई जनकमाण्डर बनायो । तीनकुनेमा ताण्डव नृत्य नचाउन पठाउनु भयो । म फेरि भन्छु । निर्मल निवासबाट लफंगाहरुलाई माला लगाएर जनताको घर जलाउन पठाउनु भयो । तपाईको सम्झौता भंग भयो । त्यसैले तपाईलाई दिइएको सेवासुविधा के हुन्छ?सरकारले जवाफ दिनुपर्यो ।’

उहाँले पृथ्बीनारायण शाह र बहादुर शाह बाहेकका राजाले राष्ट्र जोगाउने काम गर्न नसकेको बताउनु भयो । उहाँले नेपालको सीमाना कहाँ थियो आज कहाँ छ ?भन्दै प्रश्न गर्नुभयो ।