२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुनेबाट भागेर कहाँ पुगेका थिए दुर्गा प्रसाईं ?



फाईल फोटो
अ+ अ-

काठमाडौँ । तीनकुनेमा भएको हिंस्रक राजावादी प्रदर्शनपछि फरार दुर्गा प्रसाईं इमाडोलमा रहेको एक धर्मगुरुको घरमा बसेको खुलेको छ ।

प्रहरीका अनुसार विवादास्पद धर्मगुरु पुष्कर खतिवडाको घरमा उनी केही समय बसेको पाइएको हो ।

इमाडोलबाट खतिवडालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेर ल्याएको थियो । त्यसक्रममा खतिवडाले प्रसाईं प्रदर्शनपछि आफ्नो घरमा आएको बयान दिएका हुन् ।

त्यसपछि उनी घरबाट निस्किएको उनले बताएका छन् ।
खतिवडा शुक्रबार भएको प्रदर्शनमा भिडलाई उत्तेजित बनाउने कार्यमा संलग्न थिए । उनले प्रहरीलाई ढुंगा हान्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

शुक्रबार भएको प्रदर्शनले हिंसात्मक रुप लिँदा २ जनाले ज्यान गुमाएका छन् भने २५ जना घाइते भएका थिए । प्रहरीले उक्त आन्दोलनको नेतृत्व गरेका राजावादी नेताहरु रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ गरेको छ भने जनकमाण्डर भनिएका दुर्गा प्रसाईंको खोजी जारी छ ।