४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

फोनको टावर खोज्दै टेलिकम

फोनको टावर खोज्दै टेलिकम
सांकेतिक तस्बिर
अ+ अ-

जाजरकोट । कुशे गाउँपालिका पैँकका महेन्द्र शाही आफ्नो गाउँमा फोन नलाग्दा दैनिक हैरान हुनुहुन्छ । सदरमुकाम बसेर गाउँमा आफन्तसँग मोबाइलमार्फत फोन सम्पर्क गर्न नसक्दा शाहीलाई पीडा थामिनसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “मैले तिरेको कर, मैले हालेको भोटको मूल्य म कहिले पाउँछु ?” 

शाहीले आफ्नो गाउँमा फोन नलाग्नु र टावर निर्माण नहुनाका कारण खोज्न एक युवालाई लिएर जाजरकोट नेपाल टेलिकमको कार्यालयमा गएको बताउनुभयो । दुनियाँ इन्टरनेट र प्रविधिको प्रयोगले संसार निहालिरहेको बेला हामी भने फोनका लागि टेलिकम कार्यालयमा धर्ना दिन जानु सानो पीडा नभएको अर्का अमृत गौतमले बताउनुभयो । 

फोनकै समस्याले कुशे गाउँपालिकाको अधिकांश काम अवरुद्ध हुँदै आएको पीडा स्थानीय सरकारसँग पनि छ । “घाम लागे अग्ला डाँडामा गएर लाग्ने फोन घाम नलागे कहाँ हराउँछ थाहा नै हुँदैन”, कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गुनासो गर्नुभयो । उहाँले थप्नुभयो, “गाउँपालिकाभित्रका सबै वडामा सम्पर्क गर्न कम्तीमा तीन दिनभन्दा बढी लाग्छ, कोही दुःखी, बिरामी भएमा सजिलै उद्धार गर्नसमेत समस्या छ ।”

“गाउँमा न फोन लाग्छ, न त सजिलै हिँड्न सक्ने गतिलो सडक नै छ रु प्रभावकारी सञ्चार नहुँदा कैयौँले समयमै उपचार नपाउँदा अकालमै ज्यान जाने गरेको छ”,  कुशे गाउँपालिका–१ का वडाध्यक्ष गोपाल नेपालीले गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “दुई हप्ताअघि मेरो वडामा विषालु च्याउ खाएका व्यक्तिसँग सम्पर्क गर्न नसक्दा पाँच जनाले ज्यान गुमाउनुप¥यो । स्याक्रीगाउँमा फोन गर्न ४ घण्टा अग्लो माथि डाँडा जानुपर्छ ।” 

गाउँमा कहाँ के भइरहेको छ भन्ने सूचना पाउन कम्तीमा पनि दुई दिन पर्खनुपर्ने बाध्यता भएको अध्यक्ष नेपालीले पीडा सुनाउनुभयो । त्यस्तै बारेकोट गाउँपालिका रहेको रतनकोटस्थित स्काई प्रविधिको टावरमा पावरको अभावमा घाम लागेमात्र सामान्य टावर आउँछ । तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महराको पालामा निर्माण गरिएको सो टावरले शुरुका दिनमा राम्रो काम गरे पनि अहिले ‘कभरेज एरिया’ निकै साँघुरो भएको छ । 

गत असार २५ गते पहिरामा परी बारेकोट गाउँपालिकामा १३ जनाको ज्यान गएको र एक हजार २०० भन्दा बढी घर भत्किएको समयमा तीन दिनसम्म फोनको सम्पर्क नहुँदा सङ्घीय सरकार, प्रदेश सरकारका साथै सदरमुकामबाट बारेकोट सम्पर्क गर्न फलामको चिउरा चपाएझैँ भएको थियो । अहिले पनि कुन ठाउँमा कति राहत वितरण भएको छ, कसले कति राहत पायो भन्ने सूचना पाउन मुस्किल भएको छ । वडा कार्यालय, विद्यालयमा जोडिएका इन्टरनेटमार्फत सूचना लिने र दिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्त बताउनुहुन्छ । 

बर्खायाममा लगातार पानी परिरहेकाले भएका टावरहरु सञ्चालन नहुँदा अहिले जाजरकोटको ४० प्रतिशत भूभागमा मात्र सामान्य सञ्चार सम्पर्क हुने गरेको छ । जिल्लामा निर्माण गर्ने भनिएका सातवटा जिएसएम प्रविधिका नमस्तेको टावर दुई वर्षदेखि निर्माण नहुँदा समस्या भएको हो । भारतीय कम्पनीले टावर निर्माणको जिम्मा लिएर बीचमै छाडेर सम्पर्कमा नआएपछि पूर्ण ठेक्का रद्द गरेर नयाँ ठेक्का गर्ने तयारी भएको जाजरकोट टेलिकमले जनाएको छ । टावर निर्माण गर्छु भन्दै तीनपटक सम्म प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको नेतृत्वमा रहेको स्थानीय तहका सबै प्रमुख र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको रोहवरमा कागजसमेत गरेको भारतीय कम्पनी पछिल्लो पटक सम्पर्कमा नआउँदा ठेक्का रद्दतर्फ अगाडि बढेको हो । 

छिमेकी जिल्ला डोल्पामा समेत यही भारतीय कम्पनीले टेलिफोन टावर निर्माणको जिम्मेवारी लिएको कारण अहिलेसम्म टावर निर्माण हुन नसकेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । कर्णाली क्षेत्रका  अधिकांश ठाउँमा टेलिफोन टावरकै समस्या रहेको छ ।