४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विपन्नले निःशुल्क पाउने मिटरबक्सको नाममा रकम असुल्नेलाई कारवाहीको माग

विपन्नले निःशुल्क पाउने मिटरबक्सको नाममा रकम असुल्नेलाई कारवाहीको माग
अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा विपन्न घरपरिवारले निःशुल्क पाउने मिटरबक्सको नाममा विद्युत् विस्तार उपभोक्ता समितिले रकम असुलेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा वडा समितिले उक्त उपभोक्ता समितिमाथि कारवाहीको माग गरेको छ । सरकारले विपन्न घरपरिवारलाई निःशुल्क उपलब्ध गराउँदै आएको मिटरबक्सको नाममा समितिका अध्यक्ष केमल राई, सचिव शुक्रबहादुर श्रेष्ठ, सदस्य डाकमनी तामाङ, महेन्द्र राईलगायतले प्रति घरपरिवार रु दुई हजारसम्म रकम असुलेको प्रमाणसहित सोमबार जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै कारवाहीको माग गरेको हो ।  
    
नेपाल विद्युत् प्राधिकारणबाट काम भइरहेको खार्मीमा उपभोक्ता समितिको नाम गरेर विपन्न घरपरिवारबाट अवैधरूपमा रकम असुली गरेको नेकपा वडा समितिको दाबी छ । “विसं २०७६ मा ७३ र २०७७ मा ४२ घर गरी ११५ घरपरिवारबाट रकम असुलेको पाइएको छ”, नेकपा वडा समितिले प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र नगरप्रमुख दीपनारायण रिजाललाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, “अवैधरूपमा असुल गरिएको रकम तुरुन्त फिर्ता गराउनुका साथै रकम असुलीमा संलग्न व्यक्तिलाई तत्काल कानूनअनुसार कडाभन्दा कडा कारवाही गरियोस् ।”

विद्युत् जडान गर्दा प्राविधिकले पनि सेवाग्राहीबाट अवैधानिकरूपमा रकम असुल्ने गरेको पाइएकाले रकम असुल्नमा संलग्न प्राविधिकलाई समेत कानूनी कारवाही गर्न ज्ञापनपत्रमा भनिएको छ । “प्रशासनले सो मुद्दाको सत्यतथ्य प्रमाण हुँदाहुँदै पनि कानूनसम्मत फैसला नगरेमा सो मुद्दाको छिनोफानो नेकपा वडा समितिले गर्नेछ र सोबाट पर्न जाने क्षतिप्रति सम्बधित पक्ष जिम्मेवार हुनुपर्नेछ”, नेकपा वडा समितिका अध्यक्ष हर्कराज राईले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ ।

नेकपा वडा समितिको ले ज्ञापनपत्र बुझ्दै प्रजिअ पौडेलले नेकपा वडा समितिले बुझाएको ज्ञापनपत्रको सम्बन्धमा नगरपालिकासँग समन्वय गरेर कारवाहीको प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिएका छन् । “स्थानीय सरकार भनेको नगरपालिका हो”, उनले भने, “यदि विपन्न घरपरिवारबाट जबर्जस्ती रकम असुल गरेको रहेछ भने छानबिन गरेर कानूनी कारवाहीको दायरामा ल्याइनेछ ।”

खार्मीमा पछिल्लो समय विद्युत् विस्तारको काम प्राधिकरण आफैँमार्फत भइरहेकाले स्थानीय उपभोक्ता समितिको कुनै भूमिका नहुने नगरप्रमुख रिजालले बताए । “विपन्न घरपरिवारका लागि सरकारले निःशुल्क उपलब्ध गराएको भनेपछि कसैले पनि शुल्क लिन पाइँदैन”, उनले भने, “खार्मीमा विद्युत् विस्तार उपभोक्ता समितिको नाममा विपन्न घरपरिवारबाट रकम असुली भयो भनेर ज्ञापनपत्र आएको छ । उक्त समिति वैधानिकसमेत नरहेको र यदि साँचो ठहरिएमा कानूनी कारवाही गरिनेछ ।” 

उपभोक्ता समितिका अध्यक्ष राईले भने नेकपा वडा समितिले लगाएको आरोप झुटो रहेको दाबी गरेका छन् । “हामीबाट कुनै पनि शीर्षकमा रकम असुल्ने काम भएको छैन”, उनले भने, “नेकपा वडा समितिले आफूहरुलाई राजनीतिक स्वार्थपूर्तिका लागि बदनाम गराउन झुटो आरोप लगाएका हुन् ।”

विपन्न घरपरिवारका लागि भनेर दिइएको मिटरबक्सका लागि कार्यालयमा लाग्ने शुल्कवापत रु ५५  जम्मा गरी रसिद काटेर दिने गरिएको प्राधिकरणका प्रमुख रामदिनेश राय यादवले बताए । “अन्यका लागि रु दुई हजार ५५५ लाग्छ”, उनले भने, “विपन्न घरपरिवारका लागि निःशुल्क आएको हुँदा सम्बन्धित वडाको सिफारिसको आधारमा उपलब्ध गराउने गरिएको छ ।”

सात सय ७४ घरधुरी उपभोक्ता रहेको खार्मीमा टिआर कन्स्ट्रक्शन प्रालिमार्फत विद्युत् विस्तारको काम भइरहेको छ । ठेकेदार कम्पनीले उक्त विद्युत् विस्तारको जिम्मा लिए पनि प्राधिकरणकै कर्मचारीमार्फत काम भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लाका अन्य ठाउँमा समेत उपभोक्ता समितिले रकम असुल्ने गरेको गुनासो आएको छ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय धमाधम केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको काम भइरहेको छ ।