१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday

26.99°C

काठमाडौं

26.99°C

Kathmandu

Feels-like: 26.03

Wind: 6.17

Humidity: 18

Latest
सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा व्यवसायीले सिमेन्ट र डन्डीको मूल्य वृद्धिको औचित्य पुष्टि गर्नुपर्छः महानिर्देशक दाहाल सिंहदरबारबाट म निस्किने बित्तिकै कुलमान हटाइयो, एक-दुई दिन पर्खिएको भएपनि हुन्थ्योः प्रचण्ड नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन: प्रधानमन्त्री आईपीएलमा म्याक्सवेलको नाममा लज्जास्पद रेकर्ड उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय सन् २०३० सम्ममा छ लाख मेट्रिक टन कोक प्लास्टिक फोहोर जल क्षेत्रमा हुने: अध्ययन सीएम योगी आदित्यनाथको कथामा फिल्म प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगित आशा र विश्वास जगाउँदै ‘पोखरा–छेन्दु’ अन्तरराष्ट्रिय उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएल: आरसीबीद्वारा डिफेन्डिङ च्याम्पियन केकेआर पराजित



अ+ अ-

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले शनिबार कोलकाताको ईडेन गार्डेनमा भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) लाई सात विकेटले पराजित गर्दै इण्डियन प्रिमियर लिग २०२५ मा शानदार सुरुवात गरेको छ ।

यसपटक युवा खेलाडी रजत पाटीदारको कप्तानीमा रहेको आरसीबीले अजिंक्य रहाणेको कप्तानीमा रहेको केकेआरलाई पहिलो खेलमै सहज रुपमा पराजित गरेको हो ।

१७५ रनको लक्ष्य पछ्याएको आरसीबीका लागि प्रारम्भिक ब्याट्सम्यान फिल साल्ट र विराट कोहलीले बेंगलुरुलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । साल्ट आक्रामक भूमिकामा देखिएका थिए भने कोहलीले पनि शानदार खेल प्रस्तुत गरेका थिए ।

साल्टको विस्फोटक ब्याटिङका कारण, आरसीबीले पावरप्लेमा कुनै विकेट नगुमाई ८० रन जोड्यो, जुन आईपीएल इतिहासमा दोस्रो सबैभन्दा उच्च स्कोर हो ।

पहिलो ६ ओभरभरि केकेआर कप्तान अजिंक्य रहाणेले विभिन्न रणनीति अपनाए, जसमा रहस्यमयी स्पिनर वरुण चक्रवर्तीलाई पावरप्लेमै बलिङ गर्न ल्याए। तर साल्टले चौथो ओभरमै चक्रवर्तीलाई निशाना बनाउँदै २१ रन प्रहार गरे।

साल्टले आफ्नो अर्धशतक पूरा गरेलगत्तै चक्रवर्तीको बलमा ५६ रन बनाएर आउट भए ।

देवदत्त पाडिकलले सुनिल नारेनलाई आक्रामक रूपमा खेल्न खोज्दा रमनदीप सिंहलाई सिधै क्याच थमाए।

त्यसपछि विराट कोहली आफ्नो लयमा आए। उनले उत्कृष्ट प्रदर्शन गर्दै कभर क्षेत्रबाट चौका प्रहार गर्दै अर्धशतक पूरा गरे।

आरसीबीले अन्त्यमा १६.२ ओभरमै लक्ष्य प्राप्त गरेर खेल जितेको थियो ।

यसअघि, आरसीबीका कप्तान रजत पाटीदारले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका थिए ।

आक्रामक गतिमा रन बनाए पनि कोलकाताले नियमित अन्तरालमा विकेट गुमाएका कारण ठूलो स्कोर खडा गर्न सकेको थिएन । केकेआरका लागि अजिन्क्य रहाणेले सर्वाधिक ५६ रन बनाए ।

आज आइपिएलका दुई खेल हुँदैछन् । पहिलो खेल ३.४५ बजे सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच हुनेछ भने दोस्रो खेल राति ७.४५ बजे चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच हुनेछ ।