२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान र गणतन्त्रमाथी छेडखानी गर्नु गलत : दाहाल



अ+ अ-

निजगढ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र गणतन्त्रमाथी छेडखानी गर्न नहुने बताउनुभएको छ ।

बाराको सिमरामा आज साँझ आयोजित सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले भन्नुभयो, “शान्ति सम्झौता वर्तमान संविधानको एउटा अङ्ग हो । संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो ।”

दाहालले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पार्नुभयो । हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको उहाँको भनाइ थियो ।

दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताउनुभयो । चितवन हुँदै सिमरा आइपुग्नु भएका दाहाल यसअघि स्थगित भएको तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिन आउनुभएको हो ।रासस




भर्खरै